default_image

6 years ago

June 10, 2019

प्रशिक्षक राणा प्रशिक्षणका लागि भुटान जाने

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक तथा एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा भुटान जाने भएका छन् ।

भुटान एम्योच्योर एथलेटिक्स संघको निमन्त्रणमा भुटानका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्न राणा भुटान जान लागेका हुन् । अन्तर्राष्ट्रिय एम्योच्योर एथलेटिक्स महासंघका (आईएएएफ) लेभल टु लेक्चरर राणाले भुटानका एथलेटिक्स प्रशिक्षकहरुलाई जेष्ठ २९ देखि आषाढ ५ गते सम्म छोटो तथा लामो दूरीका बारेमा बिविध प्रशिक्षण प्रदान गर्नेछन् ।

आईएएएफको लेभल टु प्रशिक्षक प्रशिक्षण (लेक्चरर) कोर्ष उत्तीर्ण गरेका राणाले यस अघि पनि उत्तरकोरिया लगायत विभिन्न राष्ट्रमा आईएएएफले संचालन गरेको प्रशिक्षक प्रशिक्षणमा प्रशिक्षण प्रदान गरिसकेका छन् । राणा मंगलबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.