default_image

5 years ago

June 7, 2019

युकेश र सुष्मी वर्ष खेलाडी

62 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट कराँतेकी सुष्मी श्रेष्ठ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी घोषित भएका छन् ।

वर्ष चर्चित खेलाडीको उपाधि सुटिङकी श्रेया केसीले जित्न सफल भइन् । शुक्रबार भएको समारोहमा युकेश वर्ष खेलाडी घोषित हुँदै टीभीएस अपाचे मोटरसा इकल पुरस्कार चढे । यस्तै, फूल कन्ट्याक्ट कराँतेकी श्रेष्ठले महिलातर्फ वर्ष खेलाडी घोषित हुँदै विगो स्कूटर पाइन् । उनी एसएमएस भोटिङ आधारमा उनले सर्वाधिक मत प्राप्त गर्दै २५ हजारसहित वर्ष चर्चित खेलाडी बन्न सफल भएकी हुन् ।

यस्तै, उदियमान खेलाडीतर्फ क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षकमा फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका चित्रबहादुर गुरुङलाई सम्मानित भए । वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट मञ्च पूर्व अध्यक्ष विनोद लामिछाने २० हजारसहित पुरस्कृत भए । वर्ष उत्कृष्ट खेल संघ अवार्ड जिल्ला बास्केटबल संघ कास्कीलाई १५ हजार रुपैयाँसहित सम्मान गरियो ।

वर्ष उत्कृष्ट पुरुष, महिला, उदियमान र प्रशिक्षक विधामा यसअघि नै उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको थियो । ती मध्येबाटै चर्चित खेलाडी छनोटमा पूरै एसएमएसलाई आधार मानिएकोमा अन्य विधामा भने छनोट समिति निर्णयलाई आधार मानिएको छनोट समिति संयोजक रामकृष्ण ज्ञवालीले बताए ।

वर्ष खेलाडी पुरुष युकेश गुरुङको अनुपस्थितिमा उनको बुबाले अवार्ड थापेका थिए । पोखरा लेकसाइडका १८ वर्षीय युकेश आठौं राष्ट्रिय खेलकुदमा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण र इण्डोनेसियामा भएको एशियन गेम्समा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण जित्न सफल भएका थिए । वर्ष खेलाडी महिला घोषित श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदमा खुला तौल समूहमा कास्य, दोस्रो् दक्षिण एशियन रिजनल कन्ट्रिज क्युकोसिन कराँतेमा खुला तौल समूहमा स्वर्ण, २९ औं यूरोपियन च्याम्पियनसीपमा खुला तौल समूहमा काँस्य जितेकी थिइन् ।

प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता चित्रबहादुर गुरुङलाई सम्मान गर्दै यसप्रकारका कार्यक्रमले खेल र खेलाडीको विकासमा सघाउ पुग्ने बताए । स्याङ्जका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन् ।

वर्ष खेलाडी विधामा स्क्वासका अमृत थापामगर, फूल कन्ट्याक्ट कराँतेका रुपक नेपाली, वर्ष महिलामा सफ्ट टेनिसकी प्रीति बराल, उदियमान आर्चरीकी अनुष्का शेरचन, तेक्वान्दोकी सुस्मिता थापामगर, प्रशिक्षकमा ह्याण्डबलका भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा थिए ।

बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा भएको कार्यक्रमको सहयोगीमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राखेप, किस्ट अस्पताल संचालक सविर थापा, नेपाल पर्यटन बोर्ड लगायतको सहयोग थियो ।

September 21, 2024

चेस ओलम्पियाडमा विवेक दोश्रो

काठमाडौं (हाम्रो खेलकुद) –  युरोपको हंगेरी स्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली विवेक थिङले उत्कृष्ट प्रदर्शन गरेका छन्। विवेकले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरे । योसँगै सिएम विवेकले नौ चरणको खेलबाट ८ अंक प्राप्त गर्दै दोश्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाल बुद्धिचाल महासंघकाले जनाएको […]

September 21, 2024

मधेश युनाइटेडकाे ट्यालेन्ट हन्टबाट छानिइन् मीना

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ । शुक्रबार वीरगंजको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकहरुको टोलीले मीनालाई छनोट गरेको हो । एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावाना खेलाडीहरु उपस्थित […]

September 21, 2024

काठमाडौं म्याराथान असोज १२ मा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १६औं संस्करण अर्काे साता भएको छ । आयाेजकले शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत १६औं संस्करणकाे काठमाडौं म्याराथन १२ असोज (२०२४ सेप्टेम्बर २८) मा हुने जानकारी गराएकाे छ । काठमाडौं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियाे । विशेष र वृहत हुने यसपालीकाे दाैडमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार […]

Success

Thank you for your time.