default_image

6 years ago

June 7, 2019

सेन्ट्रल जोन भलिबलमा उद्योग वाणिज्य महासंघको प्रायोजन

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )– दुई महिनापछि नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेशन (एभीसी ) एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ ।

नेपाल भलिबल संघले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि वाणिज्य महासंघले ४० लाख रुपैयाँ प्रदान गरेको हो । महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले संघका अध्यक्ष मनोरञ्जन रमण शर्मालाई चेक हस्तान्तरण गर ।

श्रेष्ठले प्रतियोगिताका लागि महासंघले अन्य सहयोग गर्ने प्रतिबद्दता पनि जनाएका छन् । भलिबल खेलको विकासका लागि व्यवसायिकता पनि आबश्यक रहेको आफुहरुले सहयोग गरेको श्रेष्ठले बताए । यस्तै अनल ज्योती विद्यालयको तर्फबाट प्रधानाध्यापक ज्योती केसीले १ लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् । 

सोही अवसरमा ढोरपाटन भलिबल क्लबले पनि १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रतियोगिताका लागि   करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न एभीसीले खेल सामाग्री सहयोग गर्नेछ भने आर्थिक पाटो सघंले नै व्यवस्थापन गर्नुपर्नेछ । 

साउन ३२ देखि भदौ ८ सम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित  बगंलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गीस्तान, तुर्कमिनिस्तान, उज्वेकिस्तान गरि ७ देशले प्रतिस्पर्धा गर्नेछन् । 

सहभागी टोलीलाई २ समुहमा विभाजन गरिनेछ । समुहका शिर्ष २ टोलीले अन्तिम ४ मा स्थान बनाउनेछन् । प्रतियोगिताका लागि टोलीले आइतबारबाट प्रशिक्षण सुरु गर्ने महासचिव चन्दले बताए  । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहल अथवा लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुने महासचिव चन्दले जानकारी दिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.