6 years ago
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल अन्तर स्कुल राष्ट्रिय टेवल टेनिस च्याम्पियनसिप शुरु भएको छ । आदर्श विद्यामान्दिरको टेटे हलमा बिहीबारबाट शुरु भएको च्याम्पियनसिपमा ब्वाइज र गल्र्समा यु–१० र यु–१२ मा प्रतिस्पर्धा भइरहेको छ ।
यु–१० ब्वाइजतर्फ एसभीआइका उज्वल मानन्धरले जुगलका हन्सल गिरीलाई ३–० को सोझो सेटमा पराजित गरे । सिजिएका आशिष भट्टाईले जुगलका अनमोल केसीलाई तथा तोरणका प्रभात सेढाईले जुगलका आर्यन ज्योतिलाई समान ३–१ सेटमा तथा एभीएमका कृष्ण महराले महालक्ष्मीकी सुशान्त तामाङलाई ३–० को सेटमा हराए ।
यु–१० गल्र्सतर्फ प्रभातकी क्यारना सुवालले एभीएमकी निशा अधिकारी, प्रोक्सिमाकी नर्मदा खाइजुले एभीएमकी स्वेसा बस्नेत, एभीएमकी आश्मा पहारले जुगलकी जोनिषा कार्कीलाई तथा सुवश्री श्रेष्ठले ब्लुबर्डकी जिविका विष्टलाई समान ३–० को सेटमा पराजित गरिन्।
यु–१२ ब्वाइजमा एभीएमका एलेन महर्जनले एलएका रोजित भट्टलाई ३–० को सेटमा हराए । एभीएमका प्रानिशेख भारतीले सुवास महर्जनलाई तथा एभीएमका आयुष भारतीले प्रज्वल गोथेलाई समान ३–० को सोझो सेटमा हराए ।
एभीएमका आयुष ताम्राकारले न्यु समिटका आशुतोश आचार्यलाई ३–१ को सेटमा हराए । यु–१२ गल्र्समा एभीएमकी विनिका राईले ब्लुबर्डकी केल्भिन श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गर्दा सिजिएकी मुना पाण्डेले तोरणकी फुर्कु मोक्तानलाई ३–२ को प्रतिस्पर्धातमक सेटमा हराइन् ।
प्रोक्सिमाकी श्रृष्टिका लिवीले युसिपिएसकी रोजिना तामाङलाई, प्रभातकी प्रदिपा सुवालले जुगलकी रचना मगरलाई समान ३–० को सेटमा पराजित गरिन् । च्याम्पियनसिपको नेपाल ओलम्पिक कमिटिकी अध्यक्ष तथा माननीय संसद जीवनराम श्रेष्ठ, प्रदेश ३ का सल्लाहकार पुर्णशंकर श्रेष्ठ र एभीएमका प्रिन्सिपल सुजिता मानन्धरले उद्घाटन गरिन् ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]