6 years ago
June 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार एकडेमी बुढानिलकण्ठ र न्युटन हाइ स्कुल काठमाडौं प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि न्युटनसँगको भेट पक्का गरेको हो । थ्री स्टारले पहिला सेटमा २५–२२ को प्रतिस्पर्धात्मक जित निकालेपनि त्यसपछिको दुवै सेट २५–८ र २५–९ ले सहजै आफ्नो पक्षमा पार्दै उपाधिनजिक पुगेको हो ।
मंगलबारै भएको पहिलो सेमिफाइनलमा न्युटनले स्पाइरल ग्यालेक्सी स्कुल पोखरालाई ३–१ का सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट न्युटनले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा पनि न्युटन २५–२१ ले विजयी हुन सफल हुदै खेल आफ्नो पक्षमा पार्ने संकेत दिएको थियो । तेस्रो सेट स्पाइरल ग्यालेक्सी पोखराले २५–२२ ले खेल आफ्नो पक्षमा पार्दै खेला फर्कने संकेत दिएका थिए । तर, प्रतिस्पर्धात्मक बनेको चौथो सेट न्युटनले २५–२२ ले जित्दै ३–१ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।
फाइनल खेल बुधबार १ बजे नयाँ बसपार्कस्थत ढोरपाटन क्लको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।
१५ जेठबाट शुरु भएको प्रतियोगितामा देशभरका विभिन्न ५३ विद्यालयले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]