6 years ago
June 4, 2019
काठमाडौं (हाम्रो खेलकुद )- साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लगातार तेस्रो जित हात पार्दै आर्मी समूह ‘क’ बाट तथा गण्डकी समूह ‘ख’ बाट एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो । आर्मीले समूह चरणको अन्तिम खेलमा बुधबार एपीएफसँग तथा गण्डकीले विभागीय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
यी खेलमा जित हात पारे आर्मी र गण्डकी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा मंगलबार भएको पहिलो खेलमा आर्मीले प्रदेश २ माथि ३–० को सहज जित निकाल्यो । एकपक्षीय खेलमा आर्मीले प्रदेश २ माथि २५–१५, २५–१२ र २५–१३ ले विजयी भयो ।
मंगलबारै भएको समुह ‘ख’ को खेलमा गण्डकी प्रदेशले कर्णालीमाथि ३–० को जित निकाल्न सफल भयो । गण्डकीले कर्णालीलाई पहिलो सेटमा २५–२१ को जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट गण्डकीले २७–२५ ले जित्न सफल हुदा तेस्रो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पा¥यो ।
समूह ‘क’ मा एपीएफले लगातार दोस्रो जित हात पार्दा सुदूरपश्चिम प्रदेशलाई २५–८, २५–२७ र २५–१७ ले हरायो । एपीएफले अब आर्मी र प्रदेश १ सँग खेल्न बाँकी छ ।
समूह ‘ख’ मा विभागीय नेपाल पुलिस क्लबले प्रदेश ५ माथि २६–२४, २५–१५ र २५–१७ ले हरायो । पुलिसले गण्डकी तथा प्रदेश ३ सँग खेल्न बाँकी छ ।
लिगमा बुधबार समूह चरणका चार खेल हुनेछ । पहिलो खेलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश, प्रदेश ३ र प्रदेश ५, आर्मी र एपीएफ तथा गण्डकी र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
२६ जेसम्म गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ
। प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]