6 years ago
June 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको सिलसिलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दोस्रो चरणको विशेष बन्द प्रशिक्षणमा ७ खेलका १ सय ९ खेलाडीलाई समावेश गरेको छ ।
सोमबार समावेश भएका खेलाडीमा तेक्वान्दोका २३, कराँतेका २१, बक्सिङका १६, उसुका २२, पौडीका १६,फेन्सिङका ६ र गल्फका ५ जना रहेका छन् । हाल सम्म १४ खेल विशेष प्रशिक्षणमा समावेश भई सकेका छन् । राखेपका सदस्य–सचिव केशवकुमार बिष्टले समावेश खेलाडीलाई राष्ट्रिय अभिभारा पुरा गर्नका लागि नयाँ संकल्पका साथ अगाडि बढेका बताए ।
‘अहिले हामी १३औ सागको बिशेष प्रशिक्षण समावेश भएका छौं,यो बिगतको भन्दा बिशेष हुन्छ । म तपाईहरुलाई अनुरोध गर्छु, यसलाई सामान्य नलिनु होला । हाम्रो एउटै साझा उद्देश्य हो । १३औं सागलाई भब्य सब्य र परिणामुखी बनाउने हो ’ सदस्यचिव विष्टले भने, ‘हामी सबैले अ–आफ्नो जिम्मेवारी अनुशासित, इमान्दारीका साथ निर्वाह गरौ । हामीले खेलाडी सुबिधामा पनि ध्यान पुर्याएका छौं । असार देखि तपाईहरुको भत्ता २ हजार हुनेछ ।’
सदस्य–सचिव बिष्टले बैकुढ मानन्धरको उदहारण दिदै भने–सुबिधा नै सवै हो म भन्दिन, खाली खुट दौडिएर सागमा बनाएका रेकर्ड सुबिधा सम्पन्न देशका ५० हजारका जुत्ता लगाएर दौडने खेलाडीले अहिले सम्म तोड्न सकेका छैनन् । त्यसैले खेलाडीको अनुसाशन र स्किल नै पहिलो कुरा हो ।’
सदस्य सचिव बिष्टले विशोष प्रशिक्षणमा खेलाडीसँगै प्रशिक्षकले पनि राम्रो गर्न नसके राष्ट्रिय टिमबाट बहिरिने बताए । २७ खेल समाबेश गरिएकोमा अन्य खेल असार १ गते भित्र बिशेष प्रशिक्षणमा समावेश भई सक्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]