6 years ago
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद )- लुम्बिनी एकेडेमी कलेजको आयोजनामा प्रथम लुम्बिनी एसइइ फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ।
उद्घाटन खेलमा इरोस एजुकेशनले आयोहक लुम्बिनी स्कुललाई ४-२ ले हरायो । खेल कौशलको बिकास तथा शैक्षिक संस्थाहरुसंगको सम्बन्ध प्रगाढ बनाइ प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
लुम्बिनी एकेडेमी कलेजको प्रिन्सिपल रबिनचन्द्र कोइरालाको सभापतित्वमा उद्घाटन भएको प्रतियोगितामा राष्ट्रिय फुटबल टोलीको पुर्व कप्तान अनिल गुरुङको प्रमुख अथित्थता रहेको थियो।
कार्यक्रम विशेष अतिथिको रुपमा क्रिकेटर सोमपाल कामि, अभिनेत्री नम्रता सापकोटा रहेका थिए।गुरुङले म्याच रेफ्री कृष्ण चौधरीलाई म्याच बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन सुरु गतेल थिए ।
एसइइ दिएर बसेका विधार्थीका लागि आयोजना गरिएको फुटसल प्रतियोगितामा पुरुषतर्फ ६१ तथा महिलातर्फ ९ टोली सहभागी छन् । प्रतियोगितामा बिहीबार सम्म लुम्बिनी कलेजको फुटसल ग्राउन्डमा चल्ने छ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]