6 years ago
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)- न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल महिला भलिबलका प्रशिक्षक कुमार राईसँगै चार खेलकर्मी बिहीबार सम्मानित भएका छन् ।
इरा इन्टरटेनमेन्टले विभिन्न खेलहरुमा आफ्नो माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै प्रशिक्षक राईसहित ४ जनालाई सम्मानित गरेको हो ।
सम्मानित हुनेमा भलिबलका कुमार राई, तेक्वान्दोका नोर्वु लामा, बडिबिल्डिङका महेश्वर महर्जन र रेस्लिङका कमल लामा (नुवाकोटे टाइगर) रहेका छन् । उनीहरुलाई दोसल्ला र ताम्रपत्रले सम्मानित गरेको हो ।
प्रशिक्षक राईलाई प्रदान गरिएको ताम्रपत्रमा नेपाली नारीहरुलाई चुलो चौकामा मात्र सीमित गराउने पितृसत्तात्मक समाजमा खेलकुद प्रवाह गरी राष्ट्रका लागि उत्कृष्ट खेलाडी उत्पादन गरी नेपालको शिर उचो पार्ने कार्य गरेको उल्लेख छ ।
तेक्वान्दो प्रशिक्षक तथा पुर्व खेलाडी नोर्वु लामाले नेपालमा तेक्वान्दो खेल बिकासमा योगदान गरेको उल्लेख छ । बडिबिल्डिङका महेश्वर महर्जनले गत वर्ष थाइल्यान्डमा आयोजना भएको विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा आफ्नो तौल समूहमा स्वर्ण जित्दै नेपालको शिर उचो पारेको थियो ।
रेस्लिङका कमल लामा (नुवाकोटे टाइगर)लाई नेपालमा रेस्लिङ बिकासमा योगदान पु¥याएको भन्दै सम्मानित गरिएको हो । सम्मानसँगै इरा इन्टरटेनमेन्टले ‘खेलाडी’ नामको नाटक मञ्चन गरिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]