default_image

6 years ago

May 29, 2019

‘बजेट उत्साहजनक र सकारात्मक’- खेलकुद सचिव देवकोटा

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले आगामी आर्थिक वर्षका लागि विनियोजित खेलकुदको बजेट उत्साहजनक रहेको बताएका छन् ।

सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट बुधबार प्रस्तुत गर्ने क्रममा युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) र नवौं राष्ट्रिय खेलकुदको पूर्वाधारका लागि समेत मध्ये नजर गर्दै बजेट विनियोजन भएको उल्लेख गर्दै खेलकुद मन्त्रालयका सचिव देवकोटाले भने, ‘सिलिङ भन्दा पनि बढेर बजेट आएको छ । हामीले ३ अर्ब ७५ करोड जतिको बजेट माग गरेका थियौं । त्यो भन्दा बढेर आएको छ । यसलाई हामीले उत्साहजनक र सकारात्मक रुपमा लिएका छौं । सागको सञ्चालनका लागि अलग बजेट आउँछ ।’

सरकारले प्रस्तुत गरेको बजेटमा भने गत वर्षको भन्दा झन्डै १९ करोडले कमी रहेको छ । अघिल्लो वर्ष सरकारले युवा तथा खेलकुद क्षेत्रमा ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ को १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेटमध्ये युवा तथा खेलकुदको बजेट समग्रमा ०.२६ प्रतिशत हो । विगतमा जस्तै आगामी आर्थिक वर्षका लागि क्रिकेट नै उच्च प्राथमिकतामा परेको छ ।

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई दुई बर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित १० करोड रुपैयाँ विनियोजन गरेको छ । निजी क्षेत्रबाट हुने क्रिकेट प्रतियोगितालाई प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । यस्तै सरकारले पहिलो पटक क्रिकेट एकेडेमी बनाउन पनि बजेट छुट्याएको छ ।

सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद परिषद बनाउन बजेट छुट्याएको छ । यस्तै प्रत्येक प्रदेशमा रंगशाला निर्माण, सवै स्थानिय तहमा खेल ग्राम निर्माणका लागि पनि बजेट छुट्याएको छ । यस्तै बजेटमा एक विद्यालय एक खेलकुद शिक्षक नियुक्त गर्न ५ अर्ब रुपैयाँ छुट्याइएको छ ।

स्थानिय तहमा खेलग्राम निर्माण, हरेक विद्यालयमा खेलकुद शिक्षकको प्रावधान सकारात्मक कदम भएको सचिव देवकोटाले बताए । उनले नेपालमा मंसिरमा आयोजना हुने १३ औं सागका लागि आवश्यक रकम दिन सरकार तयार रहेको समेत जानकारी दिए ।

‘बजेटमा भौतिक पूर्वाधार निर्माणका लागि समेटिएको छ,’ उनले भने, ‘साग सञ्चालनका लागि आवश्यक रकम दिन अर्थ मन्त्री राजी हुनुहुन्छ । खेलकुद मन्त्री र अर्थमन्त्रीबीच यो विषयमा सहमति भइसकेको छ । ‘

सचिव देवकोटाले बजेटको पूर्ण विवरणका लागि केहि समय लाग्ने उल्लेख गर्दै भने, ‘ समग्रतामा हेर्ने हो भने बजेट सकारात्मक छ । भौतिक पूर्वाधारका लागि विनोजित रकम पनि उत्साहजनक छ । सागका लागि अलग बजेट आउने भएपछि मलाई लाग्छ यो अहिले सम्मकै राम्रो बजेट हो । ‘

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.