6 years ago
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम राष्ट्रिय एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आ जेठ तेस्रो सातादेखि हुने भएको आयोजकले जनाएको छ ।
बुधबारदेखि आयोजना हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरलु मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराए । प्रतियोगितालाई ढोरपाटन स्पोर्टस् क्लबको व्यवस्थापन गरेको छ ।
प्रतियोगिता जेठ १५ गतेबाट २१ गतेसम्म एन्जल स्पोर्टस् एकेडेमीको मैदान र ढोरपाटन क्लबको मैदान नयाँ बसपार्कमा आयोजना हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा देशैभरबाट ६० टोलीको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले यो प्रतियोगिता प्रतियोगिता मात्रै नरहेर भलिबलको एक फेस्टिभल रहेको बताए । उनले यो प्रतियोगिताबाट प्रतिभावन खेलाडीको छनोट गर्नको लागि संघका सचिव मनवीर छन्त्यालको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको बताए ।
प्रतियोगितामा ९ कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीले तथा गतवर्ष १२ कक्षा पास भएका खेलाडीहरुले मात्रै खेल्न पाउने प्रावधान राखिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र विभागीय टोलीले खेल्न पाउनेछैनन् ।
एन्जल्स हर्ट एजुकेसन फाउन्डेसनका कार्यकारी अध्यक्ष लिल बहादुर पुनले नयाँ प्रतिभा जन्माउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको बताए ।
समूह चरणका खेलहरु बेस्ट अफ थ्रीका आधारमा हुनेछ । नकआउटका खेलहरु बेस्ट अफ फाइभकै आधारमा हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री कुल बहादुर रानाले जानकारी गराए । एक दिनमा समूह चरणको ९ वटासम्म खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।
अनुमानित लागत १८ लाख रुपैया रहेको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । बैंकिङ पार्टनरको रुपमा प्रभु बैंक रहँदा विपि स्मृति अस्पताल हस्पिटल पार्टनरको रुपमा रहेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]