default_image

6 years ago

May 26, 2019

प्रधान सेनापति राष्ट्रिय भलिबलमा १० टोलीको सहभागिता

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करणमा तीन विभागीय टोलीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेनाले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १९ गते देखि २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशसहित १० टोलीको सहभागिता पक्का भएको जनसम्पर्क तथा सुचना निर्देशनालयका निर्देशक विज्ञानदेब पाण्डेले जानकारी गराए ।


प्रतियोगितामा ३ विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफसँगै प्रदेश १, प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश गरी १० टोलीको सहभागिता रहने भएको हो ।

लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताका सबै खेलहरु सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुनेछ ।

आठ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने सैनिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति शशी किरण राईमाझीले जानकारी गराए ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले आठौं राष्ट्रिय खेलकुदमा प्रदेशिक खेलाडीको छनोट भई सकेका ले पूनः खेलाडी छनोट गर्न नपर्ने जानकारी गराए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुमानित २२ लाख खर्च हुने जनाईएको छ ।

मुख्य प्रायोजकको रुपमा इन्भेन्ट्मेन्ट बैंकले १५ लाख उपलब्ध गराउने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा सहभागि हुने विभागीय टिमबाहेक अन्य प्रदेशका टिमको सम्पूर्ण खर्च आयोजकले व्यवस्था गर्नेछ । आर्मी यसअघिको तीनै संस्करणको च्याम्पियन हो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.