default_image

6 years ago

May 25, 2019

होङग्वान्जी न्यु डायमन्डकी रिया सर्वाेत्कृष्ट

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – होङग्वान्जी न्यु डायमन्डकी रिया कुवँर दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप खुल्ला अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेकी छन् ।

रिया कुँवर

न्यु डायमन्डलाई लगातार दोस्रो संस्करणको च्याम्पियन बनाउन स्पाइकर रियाले उच्च प्रदर्शन गरेकी थिइन् । शनिबार भएको फाइनलमा न्यु डायमन्डले पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको थियो ।

प्रेक्षा राई

रिया पछिल्लो एक वर्षपछि चोटबाट फर्किएकी हुन् । चोटबाट फर्किएको दोस्रो प्रतियोगितामै उनले सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भएकी हुन् । उत्कृष्ट बनेसँगै उनले १ हजार ५ सय रुपैया हात पारिन् ।

अनिशा सुनुवार

क्रोएसियामा चैतमा सम्पन्न भएको अन्तर स्कुल भलिबल प्रतियोगिताबाट रियाले खेलमा पुनरागमन गरेकी थिइन् । त्यसपछि रियाले प्रथम पारामाउन्ट कपमा खेलेकी थिइन् ।

सोनी थपलिया

गतवर्ष लडेर उनको दाया हात भाँचिएको थियो । त्यसयता उनी निरन्तर उपचारमा रहँदै विश्राममा रहेकी थिइन् ।

उनलाई न्यु डायमन्ड एकेडेमीको अबको स्टार खेलाडीको रुपमा हेरिएको छ । उनलाई प्रतिभा मालीपछिको अबको स्पाइकरको रुपमा लिइएको एकेडेमीमा प्रशिक्षक तथा प्रिन्सिपल कुमार राईले जानकारी गराए । उनीसँगै सोनी थपलिया, एन्जिला प्रधान र सविना तामाङलाई राम्रो खेलाडी रहेको प्रशिक्षक राईले बताए ।

एन्जिला प्रधान

न्यु डायमन्ड एकेडेमीलाई महिला भलिबल खेलाडी उत्पादन गर्ने थलोको रुपमा मानिदै आएको छ । न्यु डायमन्डकै उत्पादन रमिला तन्डुकार, रेश्मा भण्डारी, कृपा अधिकारी र प्रतिभा मालीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेको छ ।

अनिशा श्रेष्ठ

शनिबार सम्पन्न प्रतियोगिताबाट व्यक्तिगत विधातर्फ पनि न्यु डायमन्डले नै वर्चस्व जमाएको छ ।
रिया प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित हुदा प्रेक्षा राई स्पाइकर, अनिशा सुनुवार सेटर, सोनी थपलिया ब्लकर, एन्जिला प्रधान डिफेन्डर घोषित भए । पारामाउन्टकी अनिशा श्रेष्ठ उत्कष्ट सर्भर बनिन् । उनीहरुले समान १ हजार रुपैया पाए ।

सर्वाेत्कृष्ट खेलाडी – रिया कुँवर (न्यु डायमन्ड)
स्पाइकर – प्रेक्षा राई (न्यु डायमन्ड)
सेटर –अनिशा सुनुवार (न्यु डायमन्ड)
ब्लकर – सोनी थपलिया (न्यु डायमन्ड)
डिफेन्डर – एन्जिला प्रधान (न्यु डायमन्ड)घोषित भए ।
सर्भर – अनिशा श्रेष्ठ (पारामाउन्ट)

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.