default_image

5 years ago

May 25, 2019

भलिबल खेलाडी कमलाको घुँडाको सफल शल्यक्रिया

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य कमला पुनको घुँडाको सफल शल्यक्रिया भएको छ ।

तस्वीर : कमला पुनको फेसबुकबाट

उनको शुक्रबार सफल शल्यक्रिया भएको कमलाले हाम्रो खेलकुदलाइ जानकारी गराइन् । नेपाल टिम र नेपाल पुलिस क्लबकी समेत हाल लिफ्ट पहिले लिवेरो रहेकी कमलाको खेल दौरान दायाँ घुँडाको चोट लागेको थियो । उनको घुँडामा पानी जमेको र लिगामेन्ट च्यातिएको बताइएको छ । बि एण्ड बी अस्पतालमा उनको शुक्रबार शल्यक्रिया भएको हो ।

सफल अप्रेसन भएलगत्तै उनले सामाजिक सन्जाल फेसबुकमा फेसबुक, म्यासेन्जर र फोनबाट स्वास्थ लाभको कामना गर्नुहुने सबैलाई धन्यवाद भनेर पोस्ट गरेका छन् ।

यससँगै कमलन कम्तीमा पनि ३ महिना वा त्यो भन्दा बढी पनि बाहिर रहनु पर्ने भएको छ । जाडो याममा घुँडामा समान्य दुखाई हुने भएले पनि गर्मी मौसममा भने बढी दुख्ने गरेको र एमआरआई गरेर हेर्दा पानी जमेको र लिगामेन्ट च्यात्तिएको डाक्टरले बताएपछि उनी अप्रेसनको लागि तयार भएकी थिइन् ।


तस्वीर : कमला पुनको फेसबुकबाट

गत महिना शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको केएपी महिला राष्ट्रिय भबिलका दौरान बढी दुःखाई भएका कारण जचाएको उनले बताइन् ।

चोटका वावजुद आफुले सभामुख कप, न्यु डायमन्ड, ढोरपाटन लिग, दिदीबहिनी कप, आइजिपी कप, आठौं राष्ट्रिय खेलकुद र शेरबहादुर खड्का स्मृति भलिबल गरी सात प्रतियोगितामा खेलेको उनले सुनाईन् ।

म्याग्दीमा जन्मिएकी कमला २०७० बाट राष्ट्रिय टोलीको नियमित सदस्य हुन् ।

November 18, 2024

टिप टप हेल्प नेपालको मुख्य प्रशिक्षकमा खड्काको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)-  टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ। हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा‌ रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत जानकारी दिएको‌ छ । खड्काकै प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। त्यसैको […]

November 17, 2024

सदभाव, जयवीर र आइसटिनाले फाल्डो टुर युरोप ग्रान्ड फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य, जयवीर आचार्य र आइसटिना टण्डनले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा मंगलवार सुरु हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई नेपाल गल्फ संघले बिदाइ गरेको छ। संघका उपाध्यक्ष पवित्र कुमार […]

November 17, 2024

आत्मारामलाई लक्ष्मी सनराइज गल्फको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- आत्माराम सिम्खडाले लक्ष्मी सनराइज इन्भिटेसनल गल्फको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शनिवार ३/४ स्टेबलफोर्ड फरम्याटमा भएको प्रतियोगितामा ४३ अंक सहित आत्मरामले उपाधि आफ्नो नाममा लेखाएका हुन्। ७ ह्यान्डिक्यापका उनले अनिशलाल श्रेष्ठलाई हराउँदै उपाधि जिते। ४२ अंक सहित अनिशले दोस्रो स्थान प्राप्त गरे। बेस्ट ग्रसतर्फ टासी छिरिङले उपाधि जिते। उनले ३८ अंक […]

Success

Thank you for your time.