default_image

5 years ago

May 25, 2019

कान्तिपुर हाफ म्याराथनमा अनिष र विश्वरुपा दोस्रोपटक च्याम्पियन

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय सेनाका अनिष थापामगर र त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढा नवौं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ मा च्याम्पियन बनेकी छन् ।

कान्तिपुर मिडिया ग्रुपको आयोजनामा शनिबार भएको म्याराथनमा अनिषले दोस्रो भएको दुर्घा बुढालाई ५ सकेन्डले पछि पार्दै दोस्रोपटक उपाधि जित्न सफल भएको हो । अनिष चौथो संस्करणको विजेता हो ।

अनिषले निर्धारित दुरी १ घन्टा ८ मिनेट ४ सेकेन्डमा पुरा गर्दा दुर्गा बुढाले १ घन्टा ८ मिनेट ९ सेकेन्डको समय निकाले । आर्मीका कृष्ण बस्नेत १ घन्टा ९ मिनेट २ सेकेन्डसहित तेस्रो भए । गजेन्द्र राई, किरण सिंह बोगटी र रामजी बस्नेतले चौथो, पाँचौ र छैटौं स्थान हात पारे ।

महिलातर्फ च्याम्पियन बनेकी आर्मीकी विश्वरुपा बुढाले निर्धारित दुरी १ घन्टा २३ मिनेट २८ सेकेन्डमा पार गरिन् । विश्वरुपा पनि दोस्रो पटक च्याम्पियन बन्न सफल भएकी हुन् । विश्वरुपा यसअघि पाँचौ संस्करणमा च्याम्पियन बनेको थियो ।

काठमाडौंकी सन्तोषी श्रेष्ठले १ घन्टा २४ मिनेट १ सेकेन्डसहित बृन्दा ढाके श्रेष्ठले १ घन्टा २४ मिनेट ५८ सेकेन्डका समय निकाल्दै तेस्रो स्थान हात पारिन् । फुलमती राना, रेखा विष्ट र सरस्वती खड्काले चौथो, पाँचौ र छैटौं स्थान हात पारिन् ।

हाफ म्याराथनको पुरुष र महिला विजेताले १ डुएट स्कुटीसँगै समान ५० हजार रुपैया जिते । दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार जिते चौथो देखि छैटौ सम्मले १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाए ।

५ किलोमिटर कर्पोरेट र मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । राजेशले अजय तामाङलाई ३५ सेकेन्डले पछि पार्दै उपाधि हात पारे । राजेशले १७ मिनेट २० दशमलव ०८ सेकेन्डमा निर्धारित दुरी पुरा गरे । अजयले १७ मिनेट ५५ दशमलव ९५ सेकेन्डमा दुरी पुरा गरे । उत्तम श्रेष्ठले १८ मिनेट १२ दशमलव ५६ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हात पारे ।

महिलामा काजल विष्टले २१ मिनेट २३ दशमलव ५ सेकेन्डको समय निकाल्दै च्याम्पियन बनिन् । जुनेली सुनारले २३ मिनेट १९ दशमलव २ सेकेन्डसहित दोस्रो तथा सुनिता गोतामेले २४ मिनेट ०९ दशमलव ७ सेकेन्डसहित तेस्रो स्थान हात पारिन् ।

मिडिया र कर्पोरेटतर्फका महिला र पुरुष विजेतालाई बैंककमा ३ रात र ४ दिनको घुम्ने प्याकेज जितेका छन् । दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट जिते ।

ह्विलचेयर विधामा पुरुषतफ रामबहादुर तामाङ पहिलो, प्रेम बहादुर विके दोस्रो र मोहन बस्नेत तेस्रो भए । महिलातर्फ यामी झाँक्री मगर पहिलो, रजनी राई दोस्रो र बबिता थापा दोस्रो भइन् । ह्विलचियरतर्फ महिला र पुरुष दुवैको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाए ।

थापाथलीबाट सुरु भएको ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै थापाथलीमै आएर टुंगिएको थियो ।

मिडिया कर्पोरेट दौड थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथलीमा गएर टुंगियो । ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगियो ।

प्रदुषणविरुद्ध चेतना फैलाउने मुख्य नारा बोकेको म्याराथनलाई सिटिजन्स बैंकले मुख्य प्रायोजन गरेको थियो । अन्य सहयोगी संस्थाहरु पनि रहेको थियो ।

कान्तिपुर हाफ म्याराथनका हालसम्मका सम्मका विजेताहरु
२०६७– अर्जुन कुमार बस्नेत / कान्छीमाया कोँजु
२०६८– हरि कुमार रिमाल / बृन्दा श्रेष्ठ
२०६९– कल्याण बाँनिया / कान्छीमाया कोँजु
२०७०– अनिष थापामगर / कान्छीमाया कोँजु
२०७१– हरि कुमार रिमाल / विश्वरुपा बुढा
२०७२– गोपीचन्द्र पार्की / रेशु बस्नेत
२०७३– हरि कुमार रिमाल / कान्छीमाया कोँजु
२०७४-०७५ – हरि कुमार रिमाल / कान्छीमाया कोँजु
२०७५–०७६ – अनिष थापामगर / विश्वरुपा बुढा

September 21, 2024

पुलिस उपाधिका लागि हुमोसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिवार उज्वेकिस्तानको हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार बेलुका ९ः१५ बजे सुरु हुनेछ। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३-० सेटमा पराजित गरेको थियो। […]

September 20, 2024

बाराकी मिना मधेश युनाइटेडका लागि छनोट

सूर्य शुभचिन्तक , वीरगञ्ज बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन्‌। योसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्नका लागि मधेशको टोलीले पूर्णता पाएको छ। इडब्लुभिएलका सहभागी टोली हरेकले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ। शुक्रवार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा मधेशको ट्यालेन्ट हन्ट भएको थियो ।  बाराको जनशक्ति क्लबबाट […]

September 20, 2024

फाइनल पुगेको पुलिस लिगमा अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरणको अन्त्य गरेको छ । लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो । पहिलो […]

Success

Thank you for your time.