default_image

6 years ago

May 23, 2019

भलिबल खेलाडी कमला कम्तीमा ३ महिना कोर्ट बाहिर

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चोटका कारण नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य कमला पुन कम्तीमा ३ महिना कोर्ट बाहिर रहनु पर्ने भएको छ ।

कमला पुन (जर्सी नम्बर ५) ।

दायाँ घुँडाको चोटका कारण नेपाल पुलिस क्लबकी समेत लिवेरो रहेकी कमला ३ महिना वा त्यो भन्दा बढी पनि बाहिर रहनु पर्ने सक्ने हाम्रो खेलकुदलाई बताइन् ।

उनको घुँडामा पानी जमेको र लिगामेन्ट च्यातिएको बताइएको छ । बि एण्ड बी अस्पतालमा भर्ना भएकी उनको शुक्रबार शल्यक्रिया हुने बताइएको छ ।

जाडो याममा घुँडामा समान्य दुखाई हुने भएले पनि गर्मी मौसममा भने बढी दुख्ने गरेको उनले अनुभव सुनाइन् । ‘एमआरआई गरेर हेर्दा पानी जमेको र लिगामेन्ट च्यात्तिएको डक्टरले बताउनुभयो,’ उनले भनिन्, शल्यक्रियापछि ३ महिना आराम गर्नुपर्ने बताइएको छ ।

गत महिना शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको केएपी महिला राष्ट्रिय भबिलका दौरान बढी दुःखाई भएका कारण जचाएको उनले बताइन् ।

चोटका वावजुद आफुले सभामुख कप, न्यु डायमन्ड, ढोरपाटन लिग, दिदीबहिनी कप, आइजिपी कप, आठौं राष्ट्रिय खेलकुद र शेरबहादुर खड्का स्मृति भलिबल गरी सात प्रतियोगितामा खेलेको उनले सुनाईन् ।

म्याग्दीमा जन्मिएकी कमला २०७० बाट राष्ट्रिय टोलीको नियमित सदस्य हुन् । त्यसयता उनले आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छिन् । लिवेरो उनी दुई वर्षयता लिफ्टरको भुमिकामा खेलिरहेकी छिन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.