6 years ago
May 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – २०७४ जेठ ८ नेपाली भलिबलको लागि ऐतिहासिक दिन हो । यही दिन तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा र दलजित विके श्रीपाइली खेलकुद मन्त्री हुदा मन्त्रीपरिषद् बैठकले भलिबल नेपालको राष्ट्रिय खेल भएको घोषणा गरेका थिए ।
राष्ट्रिय खेल के बनाउने भन्ने विषयले व्यापकता पाइरहँदा सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल भएको घोषणा गरे । त्यसअघि कबड्डी र डन्डीवियोलाई नेपालको राष्ट्रिय खेल मानिदै आएपनि यो आधिकारिक थिएन ।
भलिबल नेपालको राष्ट्रिय खेल भएसँगै नेपाली भलिबल वृत्तको माहोल निकै उल्लासमय बनेको थियो । अहिले भलिबल राष्ट्रिय खेल बनेको दुई वर्ष पुगेको छ । तर, अझै पनि भलिबल नेपालको राष्ट्रिय खेल हो र ? भन्ने पनि सुनिन थालेको छ ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले भलिबल नेपालको राष्ट्रिय खेल भनेर देशव्यापी हुन नसकेको बताए । संघका अध्यक्ष शर्माले राज्य व्यवस्था समितिको बैठकमा उपस्थित हुँदा त्यहाँ उपस्थित सांसदहरु नै राष्ट्रिय खेलबारे अनविज्ञ भएको बताएका थिए । ‘नीति निर्माण तहमा रहेका सांसदहरुलाई समेत राष्ट्रिय खेलको जानकारी नहुनु कस्तो अवस्था हो भन्ने प्रश्न गर्दै भने, ‘राज्य व्यवस्था समितिको बैठकमा राष्ट्रिय खेल के हो भनेर देशको भुगोलबारे जानकारी राख्ने सासंदलाई सोधे सबै एक–अर्कालाई हेर्न थाले । कतिपयले डन्डिबियो भने । राष्ट्रिय खेलबारे सासंदलाई नै जानकारी छैन् भने सर्बसाधारणलाई कसरी थाहा हुन्छ ? यो त देशकै लागि लाजमर्दो अवस्था बन्यो ।’
सरकारले २०७४ मा नेपालको राष्ट्रिय खेल भलिबल भनेर घोषणा गरिसकेको अवस्थामा पछिल्लो संसोधित विधेयकमा नेपालको राष्ट्रिय खेल ‘भलिबल’ भनेर छुट्याइनुमा आपत्ति जनाउदै यसलाई सुधार्न पहल भइरहेको अध्यक्ष शर्माले बताए ।
राष्ट्रिय खेलबारे अनविज्ञता रहेको पाइएपछि उनी आफै विभिन्न कार्यक्रमहरुमा जादा ब्यानरमै भलिबल नेपालको राष्ट्रिय खेल भनेर बनाउन आग्रह गरिएको बताउछन् ।
भलिबल नेपालको राष्ट्रिय खेल भएपनि संघ, मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच तालमेल मिल्न नसक्दा उल्लेख्य मात्रामा भलिबलको विकास हुन सकेको छैन । आफ्नै सुविधा सम्पन्न भलिबल कोर्टसँगै भौतिक पुर्वाधार नबनेसम्म भलिबल प्रतियोगिताको बाढी आएपनि यसले भलिबललाई दीर्घकालीन रुपमा बिकासमा सहयोग पुग्ने छैन ।
भलिबल नेपालको राष्ट्रिय खेल भएको दुई वर्षको सन्दर्भमा नेपाल भलिबल संघले आज भलिबल दिवस मनाउँदै छ । यस्तै विभिन्न क्लबहरुले पनि भलिबल दिवस मनाउदैछन् ।
भलिबल दिवसकै अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले आजै बाट दोस्रो संस्करणको अन्तर विद्यालय छात्रा भलिबलको आयोजना गर्दैछ । खेल चन्द्रागिरी नगरपालिका नैकापस्थित न्यु डायमन्ड एकेडेमीको कोर्टमा हुदैछ ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]