6 years ago
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चीनको नानिङ शहरमा जारी टोटल बिडब्लुएफ सुदिरमान कप ब्याडमिन्टनमा –२०१९ मा नेपालले आफ्नो दोस्रो खेलमा अष्ट्रेलियासँग हार बेहोरेको छ । टोटल बिडब्लुएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल दोस्रो खेलमा ३–२ ले पराजित भएको हो ।
मंगलबार भएको मिक्स टिम च्याम्पियनसिप अन्तरगतको ५ विधामध्ये नेपालले पुरुष एकल र पुरुष डबल्स्मा जित हात पारेपनि अन्य तीन विधामा हार बेहारेपछि नेपाल अष्ट्रेलियासँग पराजित भयो ।
पुरुष एकलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङले असवान्त गोवीनाथालाई २–० को सोझो सेटमा पराजित गरेको थियो । रत्नले असवान्तमाथि २१–१९ र २१–१४ को सहज जित निकालेको थियो । पुरुष डबल्स्मा रत्नजित र दिपेश धामीको जोडीले सिमोन विङ हाङ लिङ र इकि भुवोङको जोडीमाथि २१–१७ र २१–१६ को जित निकालेको थियो ।
मिक्स डबल्स्मा दिपेश धामी र अमिता गिरीको जोडी सिमोन विङ हाङ लिङ र ग्रान्या समरभिलीको जोडीसँग २१–११ र २१–१२ ले पारजित भए । महिला एकलमा नङ्सलदेवी तामाङ टिफानी होसँग २–१ को सेटमा पराजित भइन् ।
नङ्सलले पहिलो सेट १२–२१ ले सहजै गुमाएपनि दोस्रो सेटमा २१–१८ को जित निकाल्दै पुनरागमन गरेकी थिइन् । तर, तेस्रो सेटमा नङ्सल १८–२१ ले नै पराजित भइन् । महिला डबल्स्मा नङ्सल र अमिताको जोडी टिफानी हो र ग्रोन्या समरभिलीको जोडीसँग २१–६ र २१–५ को सेटमा पराजित भइन् ।
५ सिरिजको खेलको दुई चरणको खेल सकिदा नेपाल २–० ले पछि परेको छ । नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले पराजित भएको थियो । अब नेपालले बुधबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]