6 years ago
May 18, 2019
काठमाडौं(हाम्रो खेलकुद)- नेपाल गल्फ संघले एमेच्योर खेलाडी भएर पनि प्रो. गल्फ जित्ने तीन एमेच्योर गल्फरलाई शनिबार नगदसहित सम्मानित गरेका छन् । संघले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन एमेच्योर गल्फर शुक्र बहादर राई, टंक बहादुर कार्की र सुवास तामाङलाई नगदसहित सम्मानित गरेको हो ।
शुक्र र टंक जनही ५०–५० हजार रुपैया नगदसहित सम्मानित हुदा सुवासलाई संघले २५ हजार रुपैया प्रदान गरे । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशबकुमार बिष्ट, संघका अध्यक्ष टासी घले लगायतले सम्मानित गरे ।
एमच्योर शुक्रले यससिजन प्रो खेलाडीलाई पछि पार्दै सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप र सुर्य नेपाल ईष्टन ओपन गरी दुई उपाधि जितेका थिए । यस्तै टंकले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा सुबासले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका थिए ।
सदस्यसचिव बिष्टले पूर्वाधारको कारणले नेपालमा खेलाडी धेरै उत्पादन नभएको भएपनि प्रतिभावान खेलाडीहरु नेपालमा रहेको बताए । उनले नेपालमा आयोजना हुने १३औं सागका लागि राखेपले सहयोग गर्ने र पदक ल्याउने गरी तयारी गर्न सुझाब दिए ।
यस्तै संघका अध्यक्ष घलेले सागमा नेपालले गल्फबाट पदक ल्याउनेमा आशावादी रहेको बताउदै घरेलु भुमिमा हुने प्रतियोगिताबाट पदक नल्याए संघमा नबस्ने बताए । उनले १३औं सागको लागि आगमी साउनदेखि तयारी थाल्नका लागि थाइल्यान्ड र बंगलादेशमा छलफल भइरहेको र राखेपलाई सहयोग गर्न आग्रह समेत गरे ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]