6 years ago
May 17, 2019
काठमाडौ (हाम्रो खेलकुद)– नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलले आठौं राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ । राजधानीमा शुक्रबार कार्यक्रम गर्दै पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।
गत महिना प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको फुलकन्ट्याक्ट ६० किलो तौल भन्दा कममा स्वर्ण जित्न सफल सन्तोष कुमार लामा,उसुबाट स्वर्ण जितेकी विन्दु पुन र रजत विजेता विनोद निरौलालाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको हो ।
आठौंमा उत्कृष्ट प्रर्दशन गरेपनि पदक जित्न नसकेका निशा बोहोरा र विनोद थापालाई पनि प्रत्साहन स्वरुप इन्टरनेशनलले समान्न गर्यो । अध्यक्ष भुषण महर्जन, ब्राण्ड चिफ तथा प्रशिक्षक राम बहादुर बम्जन,सदस्य तथा पुर्व खेलाडी सोनु महर्जन,महासचिव अजय महर्जन लगायतले सम्मान गरे ।
त्यस्तै संघले कार्यक्रममा यूकेबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणपत्र विभिन्न जिल्लाका ३० जना खेलाडीलाई प्रदान गरेको छ । राष्ट्रिय प्रमाणपत्र १२ जना खेलाडीलाई प्रदान गरेको थियो । क्योकुशिन बुदो कराते इन्टरनेशनल एक वर्ष अघि स्थानपना भएको थियो ।
सम्मानपछि बोल्दै प्रशिक्षक राम बहादुर बम्जनले खेलाडीलाई निरन्तर मेहिनत गर्न आग्रह पनि गरे । अध्यक्ष महर्जनले खेलाडीको प्रर्दशनबाट आफु उत्साहित भएको उल्लेख गर्दै सहयोगी सबैलाई धन्यवाद दिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]