default_image

5 years ago

May 16, 2019

सम्पादक तिमल्सिना सम्मानित

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- डेढ दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेका हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिना बिहीबार गृह जिल्लामा सम्मानित भएका छन् । 

सम्पादक तिमल्सिनालाई बनेपा ब्वाइज क्लब (बीबीसी) ले नेपाल आइस बीबीसी कपको फाइनलका दौरान खेलकुद क्षेत्रको बिकास, विस्तार, र प्रचारका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको हो ।

काठमाडौंमा रहि व्यवसायिक खेलकुद पत्रकारका रुपमा सक्रिय रहने क्रममा तिमल्सिना अन्नपुर्ण पोस्ट दैनिक (२०५९–०६५), दैनिकी डटकम(०६५), नागरिक दैनिक (२०६५–७३) हुदै हाल हाम्रो खेलकुद डटकमको सम्पादकका रुपमा कार्यरत छन् ।

उनलाई पुर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री  कमला पन्त (आचार्य), क्लबका अध्यक्ष महेश कुमार कर्माचार्य र प्रतियोगिता संयोजक  मणिकुमार तुम्रोकले सम्मान प्गरे । 

तिमल्सिना काभ्रे जिल्ला बेथानचोक गाउपालिका २ साविकको ढुंखर्कमा प्रेम बहादुर तिमल्सिना र टिका कुमारी तिमल्सिनाको दोस्रो सन्तानको रुपमा २०३५ पुस १ मा जन्मिएका हुन् । 

तिमल्सिना नेपाल खेलकुद पत्रकार मञ्चको महासचिव र  नेपाल पत्रकार महासंघको  केन्द्रीय सदस्य रहिसकेका छन् ।

September 20, 2024

बाराकी मिना मधेश युनाइटेडका लागि छनोट

सूर्य शुभचिन्तक , वीरगञ्ज बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन्‌। योसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्नका लागि मधेशको टोलीले पूर्णता पाएको छ। इडब्लुभिएलका सहभागी टोली हरेकले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ। शुक्रवार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा मधेशको ट्यालेन्ट हन्ट भएको थियो ।  बाराको जनशक्ति क्लबबाट […]

September 20, 2024

फाइनल पुगेको पुलिस लिगमा अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरणको अन्त्य गरेको छ । लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो । पहिलो […]

September 20, 2024

करातेकी एरिकाले अर्को इतिहास रचिन्

प्रकाश तिमल्सिना,काठमाडौं करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् । गत वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी‌ छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा […]

Success

Thank you for your time.