5 years ago
May 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम व्हीलचियर एसिया कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य भारतले १५.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । भारतको सहज जितमा विश्वनाथ गौरभले ३२ बलमा ९ चौका सहित ५० रनको योगदान दिए । त्यस्तै पशुराम देसाइल १९, निखुल प्रजापति र सन्तोषले समान १९ रन जोडे । नेपालका डम्बर मगर,राजु कटुवाल,यम श्रेष्ठ र विपिन पौडेलले समान १ विकेट हात पारे ।
त्यस अघि टस हारेर कीर्तिपुर क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि कप्तान दिगम चेमजोङ ६६ बलमा ७ चौका सहित ६६ रनको अविजित पाली खेलेका थिए । बिपिन पौडेल ३३,रमेश खत्री १५ सागर पान्डेले ७ रन जोडे । भारतका पशुराम देसाइल,सौरभ मालिक र सन्तोषले समान १ विकेट हात पारे ।
त्यस्तै आज भएको अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई ८ विकेटले पराजित गर्यो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । उसका लागि सजाद हसनले ५२ बलमा १३ चौका सहित ७४ रनको उत्कृष्ट पाली खेलेका थिए । पाकिस्तानका मोहम्मद बमिनले २ विकेट लिए । १ सय ७८ रनको विजयी लक्ष्य पाकिस्तानले १६.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको थियो । उसका लागि मोहम्मद सजाद अली अब्बासी र मोहम्मद लाटिफसमानल ५१ रन जोडे । बैशाख ४ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा चल्ने प्रतियोगितामा नेपाल,भारत,पाकिस्तान र बंगलादेश रहेका छन् । लिग चरणपछि शिर्ष दुई टोली उपाधिको लागि भिड्ने छन् ।
September 20, 2024
सूर्य शुभचिन्तक , वीरगञ्ज बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन्। योसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्नका लागि मधेशको टोलीले पूर्णता पाएको छ। इडब्लुभिएलका सहभागी टोली हरेकले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ। शुक्रवार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा मधेशको ट्यालेन्ट हन्ट भएको थियो । बाराको जनशक्ति क्लबबाट […]
September 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरणको अन्त्य गरेको छ । लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो । पहिलो […]
September 20, 2024
प्रकाश तिमल्सिना,काठमाडौं करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् । गत वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा […]