6 years ago
May 14, 2019
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा न.२४ ले प्रथम मेयर कप उमेर समुह बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ देखि ५ गते सम्म यू१२ छात्र तथा छात्रा र यू१६ खुल्ला बुद्धिचाल संचालन हुने जानकारी दिइयो ।
प्रतियोगितामा झन्डै १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान आयोजकले जनाएको छ ।
छात्रा छात्र दुवै उमेर समुहका विजेताले ३० हजार,उप विजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै प्रतियोगितामा दुवै उमेर समुहका वेष्ट खेलाडी घोषित हुनेले रु ५ हजार प्राप्त गर्ने बताईएको छ ।
आयोजकले प्रतियोगिताका लागि करिब ४ लाख ५० रुपैयाँ खर्च हुने अनुमान गरेको छ । मखन चेस क्लबले प्रतियोगिताको ब्वस्थापकीय जिम्मेवारी समाल्ने छ ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]