6 years ago
May 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३ औं साग नेपालमा मंसिर १५ देखि २४ गते सम्मका लागि तय भएको छ ।
लोगोले प्रतिक चिन्नको सार्क राष्ट्रबीच आपसी एकता,भाईचारा र स्वतन्त्र रुपमा उच्च लक्ष्य राख्ने प्राप्तिको चाहानालाई दर्शाउने रहेको बताइएको । खुला प्रतिस्पर्धापछि चित्रकार भोलानाथ पौड्यालले तयार पारेको लोगो छनोट भएको हो । सागमा मस्कटको रुपमा पश्चिम नेपालमा लोप उन्मुख अवस्थामा रहेको कृष्णासारको प्रयोग गरिएको छ । कृष्णासारको संरक्षण सन्देशका लागि मस्कटको प्रयोग गरिएको बताइएको छ ।
खेलकुदमन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुदमा भएको कमी कजमोरीलाई सुधार गर्दै साग समयमै सम्पन्न गर्ने बताएका छन् । सागमा नेपालले धेरै भन्दा धेरै पदक जित्नको लागि त्यहि अनुरुपका तयारी गर्नुपर्ने उल्लेख गर्दै प्रशिक्षणका लागि विदेशी प्रशिक्षकको व्यवस्था गरिने बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पूर्वाधार कारण साग प्रभावित नहुने दाबी गर्दै दशरथ रंगाशाला र पोखराको रंगशाला दुवै निर्माणाधिन अवस्थामा रहेको छ ।
सदस्य सचिव विष्टले सागका लागि सबै पूर्वाधार असार सम्म सम्पन्न हुने जानकारी दिए । उनले १३ औं सागका लागि झन्डै ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरे ।
नेपाली खेलाडीको तयारी जेठको पहिलो साताबाट हुने उल्लेख गर्दै विष्टले भदौमा हुने राखेप च्याम्पियनसिप पछि खेलाडीको अन्तिम छनोट गरिएने बताए । राखेप च्याम्पिनसिपमा सबै यसै महिना प्रदेश ५ सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा भाग लिएका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक (लोगो) को विशेषता ?
चित्रकार पौड्याल अनुसार प्रतिक चिन्हमा राखिएको परेवाको आकृति एवम् त्यसका प्रयोग रंगले शान्तिको सन्देश दिन्छ । साथै त्यसको पृष्ठभूमिमा रहेको सोही रंगको रेखाले द्धैध अर्थ बोकेको छ । जसमा एउटा स्वच्छन्त रुपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र अर्को तिर देशलाई प्रतिनिधित्व गराउने निश्चल हिमाल ।
त्यस्तै, देब्रेतर्फ राखिएको प्वाँखाकृतिले परेवारुपी आकृतीलाई मास्तिर उड्न गति प्रदान गर्ने सन्देश दिएको छ । प्वाँखरुपी सात आकृतिले सात सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दछ । सात प्वाँखले रंगशालाको ट्रयाक समेतलाई बुझाउने र त्यसमा प्रयोग रंगले सम्बिन्धित राष्ट्रको प्रतिनिधित्व गरेको छ ।
लोगोका लागि खुला प्रतिस्पर्धामा ६ जनाको आवेदन परेको थियो । जसमा विराटनगरका पौड्यलको लोगो छनोटमा परेको बतइएको छ । उनले १ लाख रुपैयाँ पुरस्कारका रुपमा पाउने बताइएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]