6 years ago
May 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ब्राइटफ्युचर र कुमारी फुटसलले गणेशमान सिंह एससीसी कप फुटलसको उपाधि जितेका छन् ।
मण्डिखाटार स्थित ग्रासरुट फुटसल सेन्टरमा भएको प्रतियोगितामा छात्रा तर्फ कुमारी फुटसलले नेपालय स्कुललाई ४–१ ले हराएको थियो । त्यस्तै छात्र तर्फ ब्राइटफ्युचर स्कुलले ढुकु फुटसललाई सडन डेथ हराउँदै उपाधि जितेको हो ।
सो अवसरमा नेपाली राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ, उमेर समुहकी कप्तान प्रिति राई, कराँते निर्णायक सृजना अधिकारी, संगीतकार शशी विक्रम थापा लाई सम्मान गरिएको थियो ।
विजेता टोलीका खेलाडीलाई खेलाडीहरुलाई पूर्वउपप्रधानमन्त्री तथा गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह काँग्रेस नेता रामहरी खतिवडा प्रदेश सांसदहरु न्हुच्छेनारायण श्रेष्ठ, राधा घले, भिमसेन खत्री, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङ्घ, महासचिव इन्द्रमान तुलाधर ,एन्फा फुटसल किमिटि संयोजक तथा एन्फा सदस्य दावा लामा, बुनपा १० का अध्यक्ष नवराज भट्टराई लगायतले पुरस्कृत गरे ।
वैशाख २० देखी सञ्चालन भएका प्रतियोगितामा छात्र तर्फ ३९ तथा छात्रा तर्फ ९ टोलीको सहभागिता थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।