6 years ago
May 9, 2019
ताप्लेजुङ (हाम्रो खेलकुद) –चिरपरिचित प्रतिद्धन्द्धी विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको च्याम्पियन बनेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहीबार भएको उपाधि भिडन्तमा पुलिसले आर्मीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । पुलिस दोस्रो संस्करणमा पनि च्याम्पियन बनेको थियो ।
फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि खेल एकपक्षीय बनेको थियो । पुलिसले पहिलो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेट पनि पुलिसले २५–१७ र २५–१३ ले जित्न सफल भयो ।
च्याम्पियन बनेसँगै पुलिसले ३ लाख ५१ हजार ५ सय रुपैया पायो । दोस्रो भएको आर्मीले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँमा चित्त बुझायो । सेमिफाइनलमा पराजित भएका एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार रुपैया प्राप्त गरे ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
मैवाखोला गाउँपालिकाको व्यवस्थापन र जलजले युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताका व्यक्तिगत पुरस्कार
सर्वाेत्कृष्ट खेलाडी – कुल बहादुर थापा (पुलिस)
स्पाईकर – धनबहादुर भट्ट (आर्मी)
सेटर – इम बहादुर राना (पुलिस)
डिफेन्डर – भीम गाहा (पुलिस)
सर्भर – विशाल विक (पुलिस)
ब्लकर – दिपकराज जाेशी (पुलिस)
प्रशिक्षक – सराेज श्रेष्ठ (पुलिस)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]