6 years ago
May 8, 2019
ताप्लेजुङ (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लबल र त्रिभुवन आर्मी क्लब तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि भिड्ने भएका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० र अर्कोमा आर्मीले नेपाल एपिएफ क्लबलाई ३–१ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।
नारायणी माविको खेल मैदानमा साविक विजेता समेत रहेको पुलिसले गण्डकीलाई २५–१५, २६–२४ र २५–१७ को सेटमा पराजित गर्यो । आर्मीले एपीएफलाई २५–२१, २५–२०,२०–२५ र २६–२४ को सेटमा पराजित गर्यो ।
मैवाखोला गाउँपालिकाको व्यवस्थापन र जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल बिहिबार हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार ५ सय तथा दोस्रो हुने टोलीले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ प्राप्त गर्नेछ ।
सेमिफाइनलमा पराजित दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]