6 years ago
May 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिकास्थित नैकापमा नेपाल ब्याडमिन्टन संघको सुविधा सम्पन्न एकडेमी र कभर्डहल बन्ने भएको छ ।
चन्द्रागिरी नगरपालिका वडा नम्वर १४ मा स्थित नैकाप भन्ज्याङ नजिक रहेको करिव ८ रोपनी क्षेत्रफलमा बन्न लागेको कभर्डहल र एकेडेमीको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले मंगलबार सिलान्यास गरे ।
यो नेपाल ब्याडमिन्टन संघको आफ्नो पहिलो कभर्डहल र एकेडेमी हुनेछ । संघले चन्द्रागिरी नगरपालिका वडा नम्वर १४ र स्थानियसँग एकेडेमी र हलको लागि लिखित सम्झौता गरेको हो । एकेडेमी ५० देखि ६० जनाको क्षमताको तथा कभर्डहलमा पाँच कोर्ट हुने बताइएको छ ।
संघका अध्यक्ष श्रेष्ठले एकेडेमी र कभर्डहलको काम सुरु भइसकेको ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार कभर्डहल एक वर्षभित्रमा तयार हुनेछ ।
‘पछिल्लो समय नेपालमा ब्याडमिन्टन लोकप्रिय भइरहेको छ । खेलाडीहरुले पनि राम्रा गरिरहेका छन् । नेपालमा ब्याडमिन्टनबाट पदकको सम्भावना देखिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस्तो अवस्थामा एकेडेमी र कभर्डहल बन्नु ब्याडमिन्टन परिवारका लागि खुसीको कुरा हो । यहाँ स्थानिय खेलाडीहरुले प्रशिक्षण गर्नेछन् । यहीबाट राष्ट्रिय खेलाडी जन्मन सक्नेछन् ।’
यस आर्थिक वर्षको लागि नेपाल सरकारले ४० लाख रुपैया उपलब्ध गराएको र अर्को आर्थिक वर्षमा टेन्डरमार्फत जानुपर्ने बताए । एकेडेमी र कभर्डहलका लागि त्यहाँ उपभोक्ता समिति बनिसकेको छ ।
एकेडेमी र कभर्डहल निर्माणको लागि करिव १० करोड लागत लाग्ने अनुमान गरिएको छ ।
संघले यसअघि मिनभवनमा कोर्ट बनाएपनि पछि त्यो स्कुललाई जिम्मा दिइएको थियो । पछिल्लो समय नेपाली ब्याडमिन्टनले अन्तर्राष्ट्रिय मञ्चमा उच्च प्रदर्शन गरिरहेका छन् । युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डमा सम्पन्न सिंगा रोजा बिटिआई जुनियर ब्याडमिन्टनमा सात देशका खेलाडीलाई पछि पार्दै दोस्रो हुन सफल भएको थियो ।
शीर्ष वरीयताका रत्नजित तामाङ एसियन ब्याडमिन्टन च्याम्पियनसिपको तेस्रो चरणमा तथा दिपेश धामी र शोभा गौचनको जोडीले पाकिस्तानमा सम्पन्न ब्याडमिन्टनमा पदक जित् नसफल भएका थिए ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]