default_image

5 years ago

May 4, 2019

न्यु डायमण्ड पारामाउन्ट कप च्याम्पियन

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– न्यु डायमन्ड एकेडेमी प्रथम प्यारामाउण्ट कप अन्तर बिद्यालय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कुलेश्वर तिनकुनेस्थित पारामाउन्ट स्कुल नजिकको भलिबल कोर्टमा भएको फाइनलमा डायमन्डले आयोजक पारामाउन्ट हरियोलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।


प्रतिस्पर्धात्मक बनेको पहिलो सेट डायमन्डले २५–२३ ले जितेको थियो । तर, त्यसपछिको दुवै सेट डायमन्डले २५–१७ र २५–१४ ले जित्न सफल भयो । आयोजक पारामाउन्ट निलोले परोपकार माध्यमिक विद्यालयलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो । निकै रोचक बनेको खेलमा २५–२३, २१–२५, २५–२३, १९–२५ र १५–१० को जित निकाल्यो ।

उपाधिसँगै डायमन्डले २० हजार रुपैयाँ, आयोजक हरियोले १५ हजार तथा तेस्रो टोली आयोजक निलोले १० हजार र परोपकारले ५ हजार रुपैयाँ प्राप्त गर्यो । परोपकारले फेयर प्लेको उपाधि जित्न सफल भयो ।


डायमन्डकी वालमिका आचार्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले २ हजार रुपैया पाए । पारामाउन्टकी सृष्टि खड्गी उत्कृष्ट स्पाइकर पारामाउन्टकि अनिशा श्रेष्ठ उत्कृष्ट सेटर, न्यु डायमन्डकी रस्मिता दुरा उत्कृष्ट डिफेन्डर, डायमन्डकी रिया कुँवर उत्कृष्ट सर्भर डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले समान १ हजार रुपैयाँ पाए ।

खेलाडीहरुलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्द, सचिव मनविर छन्त्याल, लोकनाथ पोखरेल र विद्यालयका प्रिन्सिपल गोकर्ण लिम्बू लगायतले पुरस्कृत गरे । तीन दिने प्रतियोगितामा आयोजक पारामाउन्टको दुई टोलीसहित ६ टोलीको सहभागिता जनाएको थियो ।

September 20, 2024

बाराकी मिना मधेश युनाइटेडका लागि छनोट

सूर्य शुभचिन्तक , वीरगञ्ज बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन्‌। योसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्नका लागि मधेशको टोलीले पूर्णता पाएको छ। इडब्लुभिएलका सहभागी टोली हरेकले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ। शुक्रवार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा मधेशको ट्यालेन्ट हन्ट भएको थियो ।  बाराको जनशक्ति क्लबबाट […]

September 20, 2024

फाइनल पुगेको पुलिस लिगमा अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरणको अन्त्य गरेको छ । लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो । पहिलो […]

September 20, 2024

करातेकी एरिकाले अर्को इतिहास रचिन्

प्रकाश तिमल्सिना,काठमाडौं करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् । गत वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी‌ छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा […]

Success

Thank you for your time.