default_image

5 years ago

May 2, 2019

हङकङमा सरस्वती सम्मिलित आँधीखोलालाई महिला भलिबल उपाधि

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपुर्ण सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लब हङकङले १२औं स्याङ्जा कप भलिबल प्रतियोगिता अन्तरगतको महिलातर्फको उपाधि जितेको छ।

टुइन मुन हङकङमा भएको महिलातर्फको फाइनलमा सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लब हङकङले नेपाली राष्ट्रिय टोलीकी उपकप्तान मन्जु गुरुङ सम्मिलित पर्वत क्लब हङकङलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

आँधीखोलाले पहिलो सेट १९–२५ ले गुमाएपनि दोस्रो र तेस्रो सेट २५–२३ र २५–१३ ले जित्दै उपाधि जित्न सफल भयो । उपाधिसँगै आँधीखोलाले ३ हजार हङकङ डलर प्राप्त ग¥यो ।

सरस्वतीले आफ्नो टोली एपीएफलाई लगातार पाँचौपटक केएनपी जापान राष्ट्रिय महिला भलिबलमा च्याम्पियन बनाएलगत्तै बुधबार मात्रै हङकङ पुगेकी थिइन् ।

पुरुषतर्फ हलेसी स्पोर्टस् क्लबले आँधीखोला स्पोर्टस् क्ललाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा हलेसीले २१–२५, २५–१५ र २५–२३ ले जित्न सफल भयो ।

प्रतियोगिताको महिला तथा पुरुषमा ६ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ पोल ‘ए’ मा घान्द्रुक समाज, हलेसी क्लब र बाग्लुङ समाज तथा पोल ‘बी’ मा आँधीखोला स्पोर्टस् क्लब, पुन क्लब र पर्वत क्लब रहेको थियो ।

महिलातर्फ पोल ‘ए’ मा घान्द्रुक समाज, पर्वत क्लब र नेप्लिज क्लब रहेका छन् । पोल ‘बी’ मा पुन क्लब, लिम्बुवान र आँधीखोला स्पोर्टस् क्लब रहेका छन् ।

September 20, 2024

बाराकी मिना मधेश युनाइटेडका लागि छनोट

सूर्य शुभचिन्तक , वीरगञ्ज बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन्‌। योसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्नका लागि मधेशको टोलीले पूर्णता पाएको छ। इडब्लुभिएलका सहभागी टोली हरेकले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ। शुक्रवार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा मधेशको ट्यालेन्ट हन्ट भएको थियो ।  बाराको जनशक्ति क्लबबाट […]

September 20, 2024

फाइनल पुगेको पुलिस लिगमा अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरणको अन्त्य गरेको छ । लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो । पहिलो […]

September 20, 2024

करातेकी एरिकाले अर्को इतिहास रचिन्

प्रकाश तिमल्सिना,काठमाडौं करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् । गत वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी‌ छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा […]

Success

Thank you for your time.