6 years ago
April 25, 2019
अत्तरिया (हाम्रो खेलकुद) – प्रथम बिवाइसी मेयर कपअन्तर्गत बिहीबारको खेलमा खजुरा गाउँपालिका बाँकेले धनगढी उपमहानगरपालिकालाई २-१ ले पराजित गरेको छ ।
खेल सुरु भएको १५ औ मिनेटमा खजुरा गाउपालिका बिक्रम ठकुरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको खेलमा एक गोलले पछि परेको धनगढीका लागि दोस्रो हाफको ५३ औं माधव भण्डारीले गोल गरे । ६५ औ मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जिताए । म्यान अफ द म्याच घोषित विक्रमले ३ हजार रुपैयाँ हात पारे ।
प्रतियोगिताअन्तर्गत शनिबार तुलसीपुर उपमहानगरपालिका दाङ र पुर्नवास नगरपालिका कञ्चनपुर बिच पहिलो क्वाटर फाईनलको खेल हुनेछ । बनदेवी युवा क्लब तेघरीको आयोजनामा कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा जारी प्रतियोगिता विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]