default_image

5 years ago

April 23, 2019

चुहाको विजयी सुरुवात

41 views

0 Bookmark

गोदावरी (हाम्रो खेलकुद) – प्रथम बिवाईसि मेयर कपको उद्घाटन खेलमा लम्की चुहा नगरपालिकाले विजयी सुरुवात गरेको छ ।

चुहाले गोदावरी नगरपालिकाको टिम बी लाई टाइब्रेकरमा ५–३ ले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा कुनै टिमले गोल गर्न नसक्दा खेल ट्राइबेकरमा गएको थियो । उत्कृष्ट प्रदर्शन गरेका चुहाका गोलरक्षक कमल शाही म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैयाँ हात पारे ।

पहिलो खेल भोली दिउसो साढे २ बजे घोडाघोडी नगरपालिका सुखड र पुर्नवास नगरपालिका कञ्चनपुर बिच हुनेछ भने साझ ४ बजे गोदावरी नगरपालिकाको टिम ए र भजनी नगरपालिका भजनी बिच हुने प्रतिायोगिताका संयोजक एबम् आयोजक बनदेवी युवा क्लबका उपाध्यक्ष प्रकाश शाहीले जानकारी दिए । प्रतियोगितामा देशैभरका विभिन्न गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाहरु गरी १० टिमले सहभागीता जनाएका छन् ।

बनदेवी युवा क्लबको आयोजनामा आजदेखि सुरु प्रतियोगिता १८ गतेसम्म संञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ३ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। बनदेवी युवा क्लबका अध्यक्ष शुसन जोशीको सभापत्विमा सुरु भएको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका नगरप्रमुख हरि सिंह साउद प्रमुख अतिथी थिए ।

September 20, 2024

बाराकी मिना मधेश युनाइटेडका लागि छनोट

सूर्य शुभचिन्तक , वीरगञ्ज बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन्‌। योसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्नका लागि मधेशको टोलीले पूर्णता पाएको छ। इडब्लुभिएलका सहभागी टोली हरेकले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ। शुक्रवार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा मधेशको ट्यालेन्ट हन्ट भएको थियो ।  बाराको जनशक्ति क्लबबाट […]

September 20, 2024

फाइनल पुगेको पुलिस लिगमा अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरणको अन्त्य गरेको छ । लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो । पहिलो […]

September 20, 2024

करातेकी एरिकाले अर्को इतिहास रचिन्

प्रकाश तिमल्सिना,काठमाडौं करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् । गत वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी‌ छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा […]

Success

Thank you for your time.