default_image

5 years ago

April 23, 2019

पाथिभरा राष्ट्रिय पुरुष भलिवल यसै महिना

54 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद) – तेस्रो संस्करणको पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता वैशाख २२ देखी २६ गतेसम्म ताप्लेजुङको मैवाखोला गाउँपालीका हुने भएको छ ।

मंगलवार काठमाडौंमा आयोजक जलजले क्लव साघुले एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

प्रतियोगितामा ७ प्रदेश,नेपाल आर्मी,नेपाल पुलिस,सशस्त्र प्रहरी (एपीएफ) र विश्व विद्यालयको एक टोली गरि कुल ११ टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार ५ सय ५ रुपैँया पाउने आयोजकले जनाएको छ । उप विजेता टोलीले १ लाख ७६ हजार,२ सय ५१ रुपैँया प्राप्त गर्ने छ । सेमिफाइनमा पराजित हुने टोलीले नगद रु ५०-५० हजार प्राप्त गर्ने छन् ।

विधागत विधातर्फ उत्कृष्ट सर्भर, डिफेन्डर, ब्लकर, सेटर, कुईकर, ओपन स्पाईकर र कोचले जनही ७ हजार प्राप्त गर्ने बताईएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले रु २ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको कुल बजेट ३६ लाख ५६ हजार अनुमान गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता लिग कम नक आउटका आधारमा सन्चालन हुने छ । प्रतियोगिता मैवाखोला गाउँपालीका वाड नं. ३ साघु स्थित नारायणी मा. वि को खेल मैदानमा हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ्ग जिल्ला निवासी हाल काठमाडौं बसोवास गर्दै आएका युवा ब्यवसायीहरु बल वहादुर तामाङ्ग,ईश्वरी पौडेल र रमेश वरालले संयुक्त रुपमा गरेको आयोजकले जनाएको छ । दोस्रो संस्करणको उपाधि नेपाल पुलिस क्लवले जितेको थियो ।

September 20, 2024

बाराकी मिना मधेश युनाइटेडका लागि छनोट

सूर्य शुभचिन्तक , वीरगञ्ज बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन्‌। योसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्नका लागि मधेशको टोलीले पूर्णता पाएको छ। इडब्लुभिएलका सहभागी टोली हरेकले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ। शुक्रवार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा मधेशको ट्यालेन्ट हन्ट भएको थियो ।  बाराको जनशक्ति क्लबबाट […]

September 20, 2024

फाइनल पुगेको पुलिस लिगमा अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरणको अन्त्य गरेको छ । लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो । पहिलो […]

September 20, 2024

करातेकी एरिकाले अर्को इतिहास रचिन्

प्रकाश तिमल्सिना,काठमाडौं करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् । गत वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी‌ छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा […]

Success

Thank you for your time.