6 years ago
April 10, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बुधबार बराबरी खेलेका छन् ।
नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको खेलमा उपाधि दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो ।
अन्य खेलमा प्रदेश २ र प्रदेश ५ विजयी भए । प्रदेश २ ले प्रदेश ३ लाई ५–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि गोविन्द अधिकारी तथा हर्विन्द्र सिंहले २–२ गोल गरे भने मनोज शाहले १ गोल थपे । प्रदेश ५ ले प्रदेश १ लाई ३–० गोलले हरायो । जितमा सानु लामा, अमन कुमार र मनीष गुरुङले १–१ गोल योगदान गरे ।
पुरुष हक्कीमा सातै प्रदेश, आर्मी र प्रहरीसहित ९ टिम सहभागी छन् । पुरुषमा हक्कीमा प्रहरीले पहिलोपटक टिम सहभागी गराएको हो । प्रतियोगिताको प्रदेश ५ का शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले शुभारम्भ गरेका थिए । महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि सुरु हुँदैछ ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]