default_image

6 years ago

March 28, 2019

एपीएफ र न्यु डायमन्ड उपाधिका लागि भिड्ने

79 views

0 Bookmark

काठमाडौ (हम्रो खेलकुद ) – घरेलु महिला भलिबलका दुई महारथी विभागीय नेपाल एपीएफ क्लब र होङग्वान्जी न्यु डायमन्ड एकेडेमी छैटौं सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

हल्चोकस्थित एपीएफ क्लबको भलिबल कोर्टमा बिहीबा भएको सेमिफाइनलमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाइ तथा होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई नै पराजित गर्दै उपाधि भेट पक्का गरेको हो । फाइनल खेल शनिबार हुनेछ ।

एपीएफ क्लबको कोर्टमा साविकको विजेता समेत रहेको एपीएफले नेपाल पुलिस क्लबमाथि ३–१ को जित निकाल्यो । एपीएफले पहिलो र दोस्रो सेट २५–२३ र २५–१७ जितेपनि तेस्रो सेट १८–२५ ले गुमायो तर, चौथो सेटमा एपीएफ २५–१२ ले विजयी हुदै प्रतियोगितामा लगातार छैटौपटक फाइनलमा पुग्न सफल भयो ।

यस्तै लगातार छैटौपटक फाइनलमा प्रवेश गर्ने क्रममा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लवलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिका लागि एपीएफसँगको भेट पक्का ग¥यो ।

रोमाञ्चक बनेको खेलको पहिलो सेट डायमन्डले २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तर, दोस्रो सेट २३–२५ ले गुमाएपछि खेल १–१ को रोमाञ्चक मोडमा पुगेको थियो । तर, त्यसपछिको दुवै सेट डायमन्डले २५–२१ र २५–२० ले आफ्नो पक्षमा बनायो ।

प्रतियोगिताको ५ संस्करणमध्ये चार संस्करणमा आयोजक एपीएफ च्याम्पियन बनेको छ । डायमन्ड चौथो संस्करणमा च्याम्पियन बनेको थियो ।

अब एपीएफ यो वर्ष १०औं उपाधि जित्ने लक्ष्यमा हुनेछ । न्यु डायमन्ड एपीएफको उपाधि यात्रालाई रोक्दै वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.