default_image

6 years ago

March 23, 2019

आयोजक दुप्चेश्वरलाई खुल्ला पुरुष भलिबलको उपाधि

107 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटारले दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा शनिबार भएको फाइनलमा आयोजक दुप्चेश्वरले सोसल सर्भिसलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । एकपक्षीय बनेको खेलमा दुप्चेश्वरले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो र तेस्रो सेट क्रमशः २५–२३ र २५–१८ ले सहजै आफ्नो बनायो ।

उपाधिसँगै दुप्चेश्वरले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेताले ७५ हजार रुपैया पायो । तेस्रो भएको कालिका युथ क्लबले ५० हजार र चौथो भएको पञ्चकन्याले २५ हजार पुरस्कार पाउनेछन् ।

विनोद चन्द प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार रुपैया पाए । व्यक्तिगत विधातर्फ कुल बहादुर थापा स्पाइकर, सुरेन्द्र चौधरी सेटर, ध्रुव पौडेल ब्लकर, घनश्याम चौधरी सर्भर र भीम गाहामगर वेस्ट डिफेन्डर घोषित भए । उनीहरु सबैले ३–३ हजार पाए ।

यस्तै सोही अवसरमा महेन्द्र श्रेष्ठ, राजुकमार निरौला र टेक राज अवस्थीलाई विशेष सम्मान समेत गरेको थियो ।

दुप्चेश्वर गाउँपालिका र सोसियल सर्भिस युथ क्लबको संयुक्त आयोजना तथा कल्याण माध्यमिक विद्यालय दुप्चेश्वरको सहयोगमा होलीको अवसरमा ६ चैतबाट भएको दोस्रो संस्करणको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको थियो।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.