default_image

6 years ago

February 13, 2019

आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आठौं राष्ट्रिय खेलकुद खेलकुदको मिति अझै तय हुन नसकेपछि सहभागी टोलीको संख्इा ११ वटा हुने भन्ने निश्चित भइसकेको छ । आन्तरिक प्रतिस्पर्धा गराउने उद्देश्यका साथ २०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपटक ७ प्रदेश, ३ विभागिय टोली र एक एनआरएन खेलाडी सहभागी हुनेछन् ।


प्रदेश ५ मा आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदमा एनआरएन टोलीले भाग लिने निश्चित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टले सहभागिताका विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एनआरएनएको आधिकारिक प्रतिनिधिको सिफारिसमा मात्र एनआरएन खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । सुविधाको हकमा नेपालमा रहँदा प्रतियोगिता अवधिभर अन्य खेलाडीलाई दिने सुविधा सरह एनआरएन खेलाडीलाई उपलब्ध गराइने छ । सम्बन्धित देशबाट आउने–जाने खर्च राखेपले व्यहोर्ने छैन ।

बृहत राष्ट्रिय खेलकुदको इतिहासमा एनआरएन खेलाडी पहिलो पटक सहभागी हुन लागेको हो । एनआरएन खेलाडीले व्यक्तिगत स्पर्धामा मात्र सहभागिता जनाउन पाउने छन् ।
राखेपले निर्धारित समयमा आठौं राष्ट्रिय खेलकुद गर्न नसकेपछि नयाँ मिति तोक्न सकेको छैन ।

April 24, 2025

एपिएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) समूह बीको विजेता बन्दै आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ। यो सँगै सेमिफाइनल‌ समीकरण पूरा भएको छ।एपिएफको जितमा यो समूहबाट त्रिभुवन आर्मी क्लब उप विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न सफल रहयो। अर्को समूहमा दुई टिम मात्र रहँदा नेपाल पुलिस क्लब […]

April 24, 2025

हिमालयन जाभा बास्केटबल लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाबा बास्केटबल लिग गर्ने भएको छ। लिग वैशाख २० गते सुरु हुने बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। लिगको प्रमुख प्रायोजक हिमालयन जाभा रहेको छ। ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी क्लबले दाबेदारी प्रस्तुत गर्नेछन्। दोहोरो राउन्ड रोबिन ३२ […]

April 24, 2025

आर्मीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो। एकपक्षीय खेलमा आर्मीले एभरेस्टलाई २५-१६, २५-१८ र २५-१७ को सोझो सेटमा हरायो। योसँगै यो समुहमा सशस्त्र प्रहरी बल (एपिएफ) […]

Success

Thank you for your time.