default_image

6 years ago

February 10, 2019

अन्तर कलेज स्तरिय फुटबलको उपाधि चिल्ड्रेन लाईफलाई

50 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

बागलुङ बजारमा जारी कलेज स्तरिय ९ ए साईड फुटबलको उपाधि चिल्ड्रेन लाईफ ईङ्गलिस बोर्डिङ स्कुलले जितेको छ । प्रतियोगिताको विजेता चिल्ड्रेन लाईफले ५० हजार रुपैयाँ प्राप्त गर्योभने डिग्नीटीले २५ हजार रुपैयाँमा चित्त बुझायो ।

धौलागिरी अञ्चलकै एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसको ५६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको फाईनल खेलमा चिल्ड्रेन लाईफले डिग्नीटी कलेजलाई २–१ गोलअन्तरले पराजित गरेको हो । फाइनल खेल ७० मिनेटको रहेको थियो ।

फाइनल खेलका तीनै गोल दोस्रो हाफमा सम्भव भएका थिए । खेलको सुरुवातबाट नै आक्रमक रणनीतिमा देखिएको चिल्ड्रेनले पहिलो गोलको लागि दोस्रो हाफसम्म कुर्नुपर्यो । चिल्ड्रेनको लागि खेलको ४३ औं मिनेटमा दिपेश मल्लले गोल गरेका थिए । उनले मिडफिल्डर अजय पुनको क्रसमा गोल गरे ।

चिल्ड्रेनको लागि दोस्रो गोल खेलको ६८ औं मिनेटमा मनोज थापाले गरेका थिए । मैदानको विचभागबाट २ जना डिफेन्डरलाई कुनै मौका नदिई बल अगाडी बढाएका थापाले कर्नर एरियाबाट आकर्षक गोल गरेका थिए ।

डिग्नीटीका विजय केसीले खेलको ६९ औं मिनेटमा सान्त्वना गोल गरे । नारान खत्रीको प्रहार चिल्ड्रेनका गोलरक्षक सौगात खड्काको पञ्चबाट रिबाउन्ड आएको बललाई केसीले गोलमा परिणत गरेका थिए ।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.