default_image

6 years ago

February 9, 2019

महेश्वरलाई स्क्वास ¥याकेट्स संघको सम्मान

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जन शनिबार सम्मानित भएका छन् ।

नेपाल स्क्वास ¥याकेट्स संघले १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका च्याम्पियन महेश्वरलाई नगदसहित सम्मान गरेको हो । महेश्वरलाई स्क्वास संघका अध्यक्ष किशोर महर्जनले १ लाख १ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेका हुन् ।

डिसेम्बरमा थाइल्यान्डको चाइमाइमा भएको शारीरिक सुगठनको ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.