default_image

6 years ago

February 6, 2019

गण्डकी प्रदेश र नमुनादिप क्वार्टरफाइनलमा

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेश, नमुना दिप युवा क्लब र शान्तीदिप युवा क्लब मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसिपमा समूह विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेका छन् ।

गण्डकी प्रदेशले बुधबार सम्पन्न दुवै खेलमा जित हात ग¥यो । पहिलो खेलमा प्रदेश ३ लाई २६–२४, २५–९ र २५–१९ ले पराजित ग¥यो । अर्को खेलमा गण्डकीले सात नम्बर प्रदेशलाई २५–१८, २५–२० र २५–१९ ले हराउदै समुह ‘ए’ को विजेता बन्न सफल भयो । हारसँगै प्रदेश ७ प्रतियोगिताबाट बाहिरिएको छ ।

समुह ‘घ’ को खेलमा शान्तीदिपले प्याराडाइजलाई २५–१९, २५–१८ र २५–१७ ले हरायो । समुह ‘ग’को खेलमा नमुनादिपले दुइ नम्बर प्रदेशलाई २५–१९, २५–२३ र २५–१२ ले पराजित गर्यो ।
बिहीबार क्वार्टरफाइनलमा गण्डकी प्रदेशले प्रदेश २, शान्तीदिपले कर्णली प्रदेश, नमुनादिपले प्रदेश ३ तथा प्याराडाइजले प्रदेश १ को सामना गर्नेछन् ।

कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ७ प्रादेशिक टोली र रामेछापका तीनसहित १० टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपैयाँ तथा विधागत तर्फका उत्कृष्ट सर्भर, स्पाइकर, ब्लकर, लिवेरो, सेटर र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.