6 years ago
February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– रामेछापको मन्थलीमा मंगलबारबाट सुरु भएको सिभिल भलिबल च्याम्पियनसिपमा प्रदेश १ ले विजयी सुरुवात गरेको छ । मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २५–१८, २५–२१,२५–२२ ले पराजित ग¥यो । विजयी टोली समुहमा पहिलो भएको छ ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सुरु भएको प्रतियोगिता शनबिार सम्म चल्नेछ । मन्थली नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक र मुख्य सहआयोजक रहेको छ । यसैगरी, रामेछाप नगरपालका,सुनापती गाउँपालिका, खाँडाँदेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र दोरम्बा गाउपालिका सह–आयोजक रहेका छन् ।
७ लाख २५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा प्रदेशका ६ टोली, रामेछापका तीन सहित १२ टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ ।
प्राय सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका छन् । गत वर्ष सुदूरपश्चिमले उपाधि जितेको थियो भने शान्तिदीप युवा क्लब दोस्रो भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]