9 years ago
April 17, 2016
काठमाडौं – सम्बृद्ध समाज नेपाल रुकुमद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टको उपाधि थापाथलि चेस पार्कका युवा खेलाडी सुमित पन्तले जितेका छन् । उनले नवौं खेलमा फिडेमास्टर मनिष हमालसित बराबरी खेली साढे ७ अंक जोडेका थिए । उपाधिसँगै उनले नगद एक लाख प्राप्त गरे ।
त्यस्तै पूर्वनेपाल च्याम्पियन नविन तण्डुकारलाई माथ गरेका वर्तमान नेपाल च्याम्पियन केशव श्रेष्ठ समान अंक भएपनि प्रोग्रेसिव टाईब्रेकमा दोश्रो भए । सुमितको ३९ र केशवको साढे ३७ प्रोग्रेसिव थियो । केशवले नगद पचास हजार हात पारे ।
स्वीस लिग ९ चरणका खेलमा भोजपुरका सुमन राई अन्तिम खेलमा बाँकेका तिर्थ बहादुर विकलाई पराजित गरी ७ अंकका साथ तेश्रो भए । उनले नगद ३० हजार पाए । चौथौं स्थानमा रहेका पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले २० हजार र पाँचौं भएका मनिष हमालले १५ हजार पुरस्कार पाए । त्यस्तै समान ६ अंकका साथ छैटौंदेखि दशौं स्थानमा नविन तण्डुकार, तिर्थ विक, भक्तपुरका ज्ञानेन्द्र खाइजु, रुकुमका मिलन रोका र बर्दियाका इश्वरकुमार श्रेष्ठ रहेका छन् । उनीहरुले जनही १० हजार पाए ।
पाँचदिने टुर्नामेन्टमा एघारौंदेखि पन्ध्रौं स्थानमा कंचनपुरका अर्जुनप्रसाद भट्ट, दाङ्गका दिनेश थापा, कैलालीका धनबहादुर बोगटी, कंचनपुरकै कविराम तामाङ्ग र दैलेखका शक्तिराम बुढा रहे । उनीहरुले जनही नगद ८ हजार प्राप्त गरे ।
कुल ४ लाख २६ हजार नगद पुरस्कार रहेको टुर्नामेन्टमा सराजे थापा स्थानीय उत्कृष्ठ भए । त्यस्तै अनरेटेडतर्फ कास्कीका अटल बहादुर कोइराला प्रथम, रुकुमका धनबीर ओली द्धितीय, भेट्रानमा नवलपरासीका मोहनसिं प्रधान, महिलामा रुकुमकोटकी अन्जु शाह, छात्र १६ बर्षमुनी कैलालीका महेश खड्का, १४ बर्षमुनी बर्दियाका निशान्त श्रेष्ठ, १२ बर्षमुनी रुकुमका धिरज रेउले, छात्रातर्फ १४ बर्षमुनी काठमाण्डौंकी लितिसा श्रेष्ठ र १२ बर्षमुनी रुकुमकी सपना गिरी उत्कृष्ठ ठहरिए ।
विजेता खेलाडीहरुलाई आयोजक संस्थाका अध्यक्ष सुबोधराज सेर्पालीको सभापतित्वमा एक कार्यक्रमबीच नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, राखेपका सदस्य उपेन्द्र पौडेललगायतले नगद, ट्रफि एवं प्रमाणपत्र प्रदान गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]