9 years ago
April 17, 2016
काठमाडौं – झापामा भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणको उपाधि उचालेको हो ।
धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्धको उत्कृष्ट डिफेन्स गरैसँगै सहज जित दर्ता गरेको थियो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा उत्कृष्ट शुरुवात ग¥यो । आर्मी सेटमा फर्कने प्रयास गरेपनि पुलिसको उत्कष्ट स्पाईक र ब्लकपछि दोस्रो सेट पुलिसले नै २५–१८ ले जित्यो । लगातार दोस्रो सेट पनि पुलिसले जितपछि आर्मीमाथी थप दबाब परेको थियो । पुलिसले आर्मीविरुद्धको तेस्रो सेट पनि २५–१४ ले जितेसँगै लगातार तेस्रो पटक पुरुष भलिबलको उपाधि जितेको हो । बुटवलबाट सुरुभएको बिजय यात्रालाई ह्याट्रिकका साथ नवबर्ष २०७३ को पहिलो सात उपाधि चुम्न सफल भएको हो । विजेता पुलिसले ३ लाख १५ हजार नगद पुरस्कार,ट्रफि,मेडल तथा प्रमाणपत्र हात पा¥यो ।
पहिलो पुरस्कारको राशी सोनिया घरघरेडी खरिद विक्री केन्द्र दुहागढी ६ का प्रबन्ध निर्देशक नरेन्द्र मेचे (गछाम) ले उपलब्ध गराएका हुन् । उपविजेतामा चिक्त बुझाएको आर्मीले नगद १ लाख ७५ हजार र ट्रफि प्राप्त हात पा¥यो । दोश्रो पुरस्कारको राशी रामकुमार कन्दम्वाले प्रयोजन गरेका थिए । प्रतियोगितामा तेस्रो भएको सशस्त्र प्रहरी बलको(एपीएफ) क्लबले १ लाख १० हजार नगद तथा ट्रफि प्राप्त ग¥यो ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका कुल बहादुर थापा सर्बोत्कृष्ट खेलाडी चूनिए । थापाले नगद २५ हजार र ट्रफि हात पारे । त्यस्तै बिधागत उत्कृष्ट तर्फ बेस्ट स्पाइकर पुलिसका सन्जय अर्याल,बेस्ट ब्लकर आर्मीका राज कुमार थापा,बेस्ट लिफ्टर पुलिसका इम राना मगर र बेस्ट लिब्रो पुलिसका सम्सेर चन्दले हात पारे । विधागत उत्कृष्ट सबैले नगद ५ हजार पुरस्कार हात पारे । सो अवसरमा भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद(साग)मा महिला भलिबलको तर्फबाट कास्य पदक विजेता खेलाडी कोपीला उप्रेतिलाई सम्मानपत्रद्धारा सम्मान गरीएको थियो ।
पुर्वाञ्चलकी क्षेत्रकी उप्रेतिलाई प्रमुख अतिथी पुर्व अर्थमन्त्रि पाण्डेले सम्मान गरेका थिए । प्रतियोगिताको विजेता खेलाडीलाई प्रमुख अतिथी पुर्व अर्थमन्त्रि एवम् नेकपा एमाले पोलिटब्यूरो सदस्य सुरेन्द्र पाण्डे र नेपाल भलिबल सघंका अध्यक्ष दान बहादुर तामाङ लगायतले पुरस्कृत गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]