6 years ago
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबले आइतबार दोहोरो जित निकाल्दै राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताका शीर्ष स्थानमा उक्लिएको छ ।
लिगमा अपराजित रहेको पुलिसले एक खेल कम खेलेको एपीएफलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । पुलिसको ७ खेलबाट २१ अंक पुगेको छ । एक खेल कम खेलेको साविकको विजेता एपीएफ १८ अंक जोडेर दोस्रो स्थानमा छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार पुलिसले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा र चितवन टाइगर्सलाई पराजित गर्न सफल भयो । पुलिसले पश्चिमाञ्चलमाथि ३–१ को जित निकाल्दा चितवन टाइगर्समाथि ३–० को सहज जित निकाल्यो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट निकै रोमाञ्चक बनेको थियो । पहिलो सेट पुलिसले २४–२६ ले गुमाएको थियो । तर, त्यसपछिको तीन सेट पुलिसले सहजै आफ्नो बनाउन सफल भयो । दोस्रो सेट पुलिसले २५–१२ ले सहजै आफ्नो बनाउदै खेललाई १–१ को बराबरीमा ल्याए ।
तेस्रो सेट पुलिसले २५–२० ले आफ्नो पक्षमा पार्दै खेलमा २–१ को अग्रता बनाउन सफल भयो । चौथो सेट २५–१२ ले सहजै जित्दै पुलिसले ३–१ को सेटमा जित निकाल्यो । आइतबारै भएको अर्काे खेलमा पुलिसले चितवन टाइगर्सलाई २५–१०, २५–१२ र २५–१८ ले पराजित ग¥यो ।
साविकको विजेता एपीएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राख्यो । एपीएफले आर्मीमाथि २५–१९, २५–११ र २५–१८ ले सहजै हरायो ।
आइतबारै भएको अर्काे खेलमा चितवन टाइगर्सले आयोजक ढोरपाटन क्लबलाई २५–१५, २५–७ र २५–१२ ले सहजै पन्छायो । प्रतियोगिता अन्तरगत सोमबार लिगका चार खेल हुने आयोजकले जनाएको छ । श्रीगाँउ र चितवन टाइगर्स, पश्चिमाञ्चल र आर्मी, एपीएफ र पुलिस तथा पश्चिमाञ्चल र चितवन टाइगर्सबीच खेल हुनेछ ।
अंक तालिका
१. पुलिस (२१) ७ खेल
२. एपीएफ (१८) ६ खेल
३. आर्मी (१५) ७ खेल
४. सेव (११) ८ खेल
५. पश्चिमाञ्चल (१०) ५ खेल
६.श्रीगाँउ (९) ८ खेल
७. चितवन टाइगर्स (६) ६ खेल
८.थाहा (३) ८ खेल
९. ढोरपाटन (०) ८ खेल
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]