default_image

6 years ago

January 24, 2019

स्वर्ण पदक विजेता दुई खेलाडी सम्मानित

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–क्यामेलिया उच्च माध्यमिक विद्यालय कुलेश्वरले भारतको राजस्थानमा भएको आइमास वल्ड कुमुते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल आफ्ना दुई विद्यार्थी खेलाडीलाई बिहीबार नगदसहित सम्मानित गरेको छ ।

विद्यालयले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्णधारी आयुसा तामाङ र आर्यन रन्जितलाई जनही १० हजार रुपैयाँसहित ताम्रपत्रले सम्मानित गरेको हो । विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट र विद्यालयका प्रिन्सिपल रुद्र अधिकारीले सम्मानित गरेका हुन् ।

आयुसाले १६ देखि १७ वर्षमुनिको उमेर समूहमा स्वर्ण तथा आर्यनले ८ देखि ९ वर्षको उमेर समूहमा स्वर्ण हात पारेका थिए । आर्यनले यसअघि सन् २०१८ सेप्टेम्वरमा सिंगापुरमा २७ राष्ट्रका खेलाडीको सहभागिता रहेका च्याम्पियनसिपमा भाग लिएका थिए । जसमा कुल ८ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियनसिपमा नेपाल १० स्वर्ण र दुई कास्यसहित टिम च्याम्पियन बन्न सफल हुदा भारत दोस्रो र कुवे टिम तेस्रो हुन सफल भएको थियो । नेपालबाट २१ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.