6 years ago
January 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)-पश्चमाञ्चल क्षेत्रीय भलिबल संघ राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सँग पराजित भएको छ ।
प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा पश्चिमाञ्चल आफ्नो पहिलो खेलमै तीन भारतीय खेलाडी सम्मिलित सेवसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको हो । प्रतस्पर्धात्मक बनेको पहिलो सेट सेवले २७–२५ ले आफ्नो पक्षमा पार्दै पश्चिमाञ्चलमाथि दवाव सिर्जना गरेको थियो ।
खेलमा सुरुवाती अग्रता बनाएपनि पशिचमाञ्चल सेटको मध्यभागतिर पुग्दा पछि परेको थियो । दोस्रो र तेस्रो सेट पश्चिमाञ्चलले २५–२० र २५–१७ ले सहजै आफ्नो पक्षमा पारेपछि खेलमा २–१ को अग्रता बनाएको थियो ।
तर, त्यसपछिको दुवै सेटमा पश्चिमाञ्चलले अग्रता लिएपनि पराजित हुन पुग्यो । चौथो सेट सेवले २५–२२ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । तर निर्णायक सेटमा भातीय खेलाडी बालाले उच्च प्रदर्शन गरेपछि १५–८ ले खेल आफ्नो पक्षमा सेवलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
अन्तिम सेटमा सेवले हाफअघि ८–७ को अग्रता बनाएको थियो । त्यसपछि पश्चमाञ्चलले एक अंकमात्रै जोड्न सक्दा सेवका बालाले उच्च सर्भिस गरिन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]