default_image

6 years ago

January 22, 2019

आर्मी शीर्षस्थानमा, एपिएफको दोहोरो जित

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई कायमै राख्दा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले मंगलबार दोहोरो जित निकालेको छ ।

मंगलबार भएको खेलमा आर्मीले तीन भारतीय खेलाडीसम्मिलित सामाखुशी इंग्लिस बोर्डिङ स्कुल(सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित यात्रालाई कायम राख्यो । प्रतिस्पर्धात्मक पहिलो सेटमा आर्मीले ३१–२९ को संघर्षपूर्ण जित निकाल्यो ।

त्यसपछिको दुवै सेट आर्मीले २५–१९ र २५–२० ले सहजै आफ्नो पक्षमा बनायो । लगातार चौथो जितसँगै आर्मी अंक तालिकाको शीर्षस्थानमा रहेको छ । आर्मीको चार खेलबाट १२ अंक छ । आर्मीसँग पराजित सेव ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा छ ।

साविक विजेता नेपाल एपिएफ क्लबले दोहोरो जित निकाल्दै आर्मीलाई पछ्याइरहेको छ । एपिएफले सेव स्कुल र थाहा नगरपालिका महवानपुरमाथि समान ३–० कै सहज जित निकाल्यो ।

पहिलो खेलमा एपिएफले सेवमाथि २५–८, २५–१४ र २५–१८ को सहज जित हासिल गर्यो । अर्को खेलमा एपिएफले थाहा नगरपालिकालाई २५–७, २५–११ र २५–१२ ले हरायो । लगातार तेस्रो जितसँगै एपीएफ ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै अपराजित नै रहेको पुलिसले श्रीगाँउ दाङ खेलकुद विकास समिति दाङमाथि २५–८, २५–९ र २५–८ जित निकाल्यो । ६ खेलबाट ९ अंक जोडेको दाङ तेस्रो तथा तीन खेलबाट ६ अंक जोडेको पुलिस चौथो स्थानमा रहेको छ ।

थाहा नगरपालिका छैटौ तथा अंकविहीन आयोजक ढोरपाटन सातौ स्थानमा रहेको छ । लिगमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र चितवन टाइगर्सले खेल्न बाँकी छ । डबल लिगको आधामा हुने प्रतियोगिता अन्तरगत बुधबार पाँच खेल हुने आयोजकले जनाएको छ ।

पहिलो खेलमा पुलिस र थाहानगरपालिका, दोस्रो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र सेव, तेस्रो खेलमा चितवन टाइगर्स र थाहा नगरपालिका, चौथो खेलमा खेलमा नेपाल पुलिस क्लब र आर्मी तथा पाँचौ खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ श्रीगाँउ दाङबीच खेल हुनेछ । प्रतियोगिता माघबाट १९ माघसम्म चल्नेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.