6 years ago
January 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् ।
प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । अपराजित रहेको आर्मीको ३ खेलबाट ९ अंक पुगेको छ । ढोरपाटनले चार खेलबाट अंक जोड्न सकेको छैन ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको खेलमा आर्मीले तुलनात्मक रुपमा कमजोर आयोजक ढोरपाटन क्लबमाथि पहिलो सेटमा २५–३ को सहज जित निकाल्यो । ढोरपाटनले ३ अंक आर्मीले सर्भिस गल्ती गर्दा पाएको थियो । दोस्रो सेटमा आर्मीले २५–७ को जित निकाल्यो । तेस्रो सेट २५–४ ले सहजै आफ्नो पक्षमा पा¥यो ।
सोमबार श्रीगाँउ दाङले मिश्रित नतिजा निकाल्यो । आफ्नो पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई ३–० को सोझो सेटमा पराजित गरेको श्रीगाँउ दाङ दोस्रो खेलमा उपाधिको दावेदा नेपाल एपीएफ क्लबसँग ३–० कै सोझो सेटमा पराजित हुन पुग्यो ।
श्रीगाँउले सेवमाथि २५–९, २५–१८ र २५–११ को सहज जित निकाल्दा एपीएफसँग २५–२०, २५–११ र २५–८ ले पराजित हुन पुग्यो । पाँच खेलमध्ये तीन खेलमा जित निकालेको श्रीगाँउको ९ अंक रहेको छ ।
साविकको विजेता एपीएफले श्रीगाँउलाई पराजित गर्दै ३ अंक जोड्यो । सोमबारकै अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले सेवमाथि २५–१३, २५–१३ र २५–९ को सहज जित निकाल्यो ।
यससँगै प्रतियोगिताको तेस्रो दिनको खेल सकिदा अपराजित रहेको आर्मीले तीन खेलबाट ९ अंक जोडेर लिगको शीर्षस्थानमा रहेको छ । श्रीगाँउ दाङ ९ अंकसहित दोस्रो तथा ६ अंक जोडेको सेव तेस्रो स्थानमा रहेको छ ।
डबल लिगको आधामा हुने प्रतियोगिता अन्तरगत मंगलबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र सेव, दोस्रो खेलमा एपिएफ र थाहा नगरपालिका, तेस्रो खेलमा आर्मी र सेव तथा चौथो खेलमा पुलिस श्रीगाँउ दाङबीच खेल हुनेछ । प्रतियोगिता ५ माघबाट १९ माघसम्म चल्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]