6 years ago
January 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पूर्व निर्धारित तिथिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा हुने भनिएको साग तयारी पुरा नभएको भन्दै १३ औं सागको सचिवालयबाट पत्र प्राप्त भएको नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार हाम्रो खेलकुदलाई बताएका छन् ।
साग आयोजनको मुख्य स्थलका रुपमा रहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अझै तयार भइनसकेकोले दुई महिना पछिका लागि तय भएको साग सर्ने निश्चित भएको छ । नेपाल सरकार मातहत गठित १३ औं साग आयोजना सचिवालयबाट एनओसीलाई पत्र प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘मार्चमा आयोजना गर्न तयारी नपुग्ने भएकोले सेप्टेम्बरमा आयोजना गर्न सरकार तयार छ भन्ने पत्र प्राप्त भएको छ । अब यो विषयलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलमा छलफल गर्नेछौं । ’
श्रेष्ठले एनओसी अध्यक्षका नाताले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मासँगको भेटमा पनि उनले सेप्टेम्बरमा सार्नका लागि पहल गर्न आग्रह गरेको स्मरण गरे । दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘मन्त्री ज्यूसँग पनि भेट गरे । उहाँले पनि सेप्टेम्बरमा आयोजना गर्नेका लागि तिथि मिथि काउन्सिलबाट तय गर्न भन्नु भएको छ ।’
श्रेष्ठले सागको नयाँ तिथिका बारेमा छलफल गर्न जनवरीमा बैठक राख्न कोशिस गरिए पनि सफल नभएकाले अब मार्चमा बैंककमा बैठक बस्ने जानकारी दिएका छन् । ‘काउन्सिलका सदस्य राष्ट्रको व्यस्तताका कारण जनवरीमा बैठक बस्न सकिएन । अब मार्चमा बैंककमा एसियन ओलम्पिक काउन्सिलको साधारण सभा हुँदैछ,” श्रेष्ठले थपे, त्यहि हामी दक्षिण एसियाली काउन्सिलको बैठक बस्ने गरि तयारी गरिरहेका छौं । त्यो बैठकले नयाँ मिति तय गर्नेसक्छ ।’
सागको नयाँ मितिका लागि काउन्सिलको सदस्य राष्ट्रको सहमति जुट्ला त भन्ने प्रश्नमा श्रेष्ठको जवाफ थियो, ‘मार्चमा नहुनेमा सबैले बुझ्नु भएको छ । तर , सेप्टेम्बरमै हुन सक्छ त भन्नेमा उहाँहरुको बढी चासो देखिन्छ । ‘
सेप्टेम्बरमा पनि आयोजना गर्न नसकेको खण्डमा सन् २०२० मा साग हुन कठिन हुने श्रेष्ठको आकलन छ । अर्को वर्ष ओलम्पिकको बर्ष भएकाले पनि साग हुने सम्भावना कम रहन्छ । १३ औं सागमा २७ खेल आयोजना गर्ने यसअघि नै निर्णय भइसकेको छ ।
१३ औं सागमा समावेश खेलहरु
आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]