6 years ago
December 22, 2018
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबीबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई शनिबार ३–२ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो ।
लिग चरणमा एपिएफसँग पराजित भएपछि आर्मीले फाइनलमा भने त्यो सिलसिला रोकेको छ । लिग चरणमा एपिएफसँग आर्मी ३–२ को सेटमा नै पराजित भएको थियो ।
पोखरा रंगशलास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले सुरुवाती सेट १८–२५ ले गुमाएको थियो । तर, आर्मीले उत्कृष्ट पूनरागमन गर्दै दुई सेट २५–१९ र २५–१८ ले आफ्नो पक्षमा पारेपछि आर्मीले खेलमा २–१ को अग्रता बनाएको थियो ।
चौथो सेट २५–१८ ले एपिएफले जितेपछि खेल २–२ को प्रतिस्पर्धात्मक सेटम पुगेको थियो । तर, निर्णायक सेटमा आर्मी १७–१५ ले विजयी हुन सफल भयो ।
विजेताले आर्मीले २ लाख र एपिएफले १ लाख रुपैयाँ प्राप्त गर्यो । त्यसअघि नेपाल पुलिस क्लबले रुपन्देहीको मणी मुकु्न्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पा¥यो । नेपाल पुलिसले ५० हजार पायो ।
आर्मीका धनबहादुर भट्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपैया पाए । व्यक्तिगत विधातर्फ नेपाल आर्मीका मानबहादुर श्रेष्ठ बेष्ट स्पाईकर, एपिएफका विजय थापा बेष्ट ब्लकर, नेपाल प्रहरीका याम बहादुर राना बेष्ट सेटर, नेपाल आर्मीका इश्वर थापा बेष्ट लिब्रो र नेपाल प्रहरीका कुल बहादुर थापा बेष्ट सर्भर चुनिए ।
आर्मीका कपिल किशोर उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे । विजेता, उपविजेता टोलीका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिब जितेन्द्र बहादुर चन्द, वरिष्ठ उपाध्यक्ष याम गुरुङलगायतले पुरस्कृत गरे ।
पुस १ गतेबाट सञ्चालन भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो । काठमाडौंको हेल्प नेपालले लिग चरणका खेल जारी रहँदा प्रतियोगिता बहिष्कार गरेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]